Comments Add Comment

जँड्याहाका कारण रोकियो सहरभरिको रेलसेवा


मुर्खदेखि दैव पनि डराउँछ भनिन्छ । जब मानिस रक्सी पिएर अझै मुर्ख बन्दछ तब सरकारी संयन्त्रहरु पनि निकम्मा बन्दा रहेछन् । जर्मनीमा एक व्यक्तिले यो प्रमाणित गरिदिएका छन् ।

एक व्यक्तिले रक्सीको नशामा यस्तो हर्कत गरे कि उनका कारण पूरै सहरले असर भोग्नुपर्यो ।

ती एक व्यक्तिका कारण जर्मन रेलवेले १२ सय ८० मिनेटसम्म आफ्नो सेवा नै रोक्नुपरेको छ ।

द गार्जियनको रिपोर्ट अनुसार घटना जर्मनीको म्युनिख सहरको हो । पिसिंग नामक रेल स्टेसनबाट म्युनिख पुलिसलाई एक अपरिचित व्यक्तिले आपतकालीन कल गर्यो । आफू एउटा रेलको कन्टेनरमा फसेको भन्दै उनले पुलिससामु उद्धारको लागि गुहार मागे ।

एकजना यात्रुको यस्तो गुहार सुनेपछि त के चाहियो ? त्यहाँ हंगामा मच्चियो । पुलिसले पिसिंग स्टेसनबाट फोन आएको कुरा यकिन गरेसँगै स्टेसनमा रहेका सम्पूर्ण रेलहरुमा चेकजाँच गर्नुपर्यो । साथै उक्त स्टेसन भएर छुट्ने हरेक रेलहरु पनि रोकेर खोजतलास गर्यो । यसो गर्दा रेलको आवतजावत पूर्णरुपमा रोकियो ।

झण्डै २१ घण्टासम्म पुलिसले तीव्र रुपमा खोजी गर्दा बल्ल एकजना व्यक्ति कन्टेनरमा बन्द रहेको अवस्थामा फेला पर्यो ।

त्यो व्यक्ति मालवाहक रेलको कन्टेनरमा कसरी पुग्यो भन्ने विषयमा पुलिसले सोधी गर्यो । उक्त व्यक्तिले आफू रक्सीको नशामा कन्टेरभित्र छिरेको र पूरै रात त्यहीँ सुतेको बताए ।

बिहान उठ्दा त कन्टेनरको ढोका बन्द थियो । त्यसपछि उसले त्यहीँको इमर्जेन्सी फोनबाट पुलिसको नम्बर डायल गरेछन् ।

२५ वर्षको उक्त युवकलाई पुलिसले तत्कालै पक्राउ गर्यो । उसमाथि रेलसेवामा बाधा उत्पन्न गराएको अभियोग लगाइएको छ ।

त्यस २१ घण्टामा ३७ रेलको सेवा रद्द भएको र २१वा रेलसेवा ढिलो गरी चलेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment