+
+

यस्तो छ मोदीको आज दिनभरको तालिका

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते ८:१६

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट अहिले बिहान करिब सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

मोदी जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो १ बजे काठमाडौं आउने तय भएकाे छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा गरिएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जानेछन् । त्यहाँ नेपाली सेनाले उनलाई सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि मोदी उच्चस्तरीय भेटघाटमा सक्रिय हुने बताइएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनसँग करिब पाँच बजे उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा भेटवार्ताकाे समय ताेकिएकाे छ ।

उपराष्ट्रपतिपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

त्यसपछि उनी बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् ।  दुई देशका समकक्षीबीच यही भेटवार्ता हुनेछ । मोदी र ओलीले अरुण तेस्रोका संयुक्तरुपमा शिलान्यास गर्ने बताइए पनि समय भने तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

मोदीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा सहभागी भएपछि मोदी हायातमा फर्केर बास बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?