Comments Add Comment

बिरामी जुत्ताको अस्पताल, जर्मन प्रविधिबाट उपचार !


बिरामी मानिसको उपचार गर्ने अस्पताल त कैयन खुलेकै छन् । तर भारतमा एकजना व्यक्तिले बिरामी जुत्ताको उपचार गर्ने अस्पताल खोले । आफूलाई जुत्ता डाक्टर दाबी गर्ने ती व्यक्तिको दाबी छ कि उनले जर्मन प्रविधिबाट बिरामी जुत्ताको उपचार गर्दछन् ।

अझ रोचक कुरा त के भने ती जुत्ताका डाक्टरलाई चर्चित कम्पनी महिन्द्रा ग्रुपका अध्यक्षले भारतीय व्यवस्थापन संस्थानमा पढाउने जागिर दिनुपर्ने धारणा राखेका छन् । जुत्ताको डाक्टरले व्यवस्थापन विषय कसरी पढाउला ? कुरा रोचक छ ।

महिन्द्रा कम्पनीका मालिकको विश्वास छ कि बिरामी जुत्ताको अस्पताल खोल्ने यी व्यक्तिले व्यवस्थापन पढ्ने विद्यार्थीलाई मार्केटिङ विषय निकै राम्रोसँग पढाउनेछन् । जुत्ता डाक्टरको तस्वीर महिन्द्रा कम्पनीका अध्यक्षले आफ्नो ट्विटर अकाउन्टमा पनि शेयर गरेका छन् । जुन छोटो समयमै निकै भाइरल बन्यो ।

वास्तवमा आनन्द महिन्द्राले शेयर गरेको तस्वीरमा एकजना जुत्ता मर्मत गर्ने व्यक्तिको तस्वीर थियो । ती जुत्ता टाल्ने, सिलाउने तथा टल्काउने काम गर्ने व्यक्तिको पछाडि एउटा पोष्टर राखिएको छ । उक्त पोष्टमा विरामी जुत्ताको अस्पताल लेखिएको छ र त्यो सँगै ती व्यक्तिको नाम लेखिएको छ– डाक्टर नरसीराम ।

साँच्चीकै अस्पतालमा झैँ उक्त पोष्टमा नरसीरामले काम गर्ने समय उल्लेख छ । जस अनुसार ओ पि डी बिहान९ बजेदेखि दिउसो १ बजेसम्म हुनेछ ।

दिउसो १ देखि २ बजेसम्म लञ्चको समय हुनेछ । बने लञ्च पछि बेलुकी ६ बजेसम्मै अस्पताल खुल्ला रहनेछ ।

साथै अगाडि लेखिएको छ- हामीकहाँ सबै खाले जुत्ताको उपचार जर्मन प्रविधि बाट गरिन्छ ।

आनन्द महिन्द्राको ट्विटमा ट्विटेहरुले अनेक खालका प्रतिक्रिया जनाइरहेका छन् ।

एकजना ट्विटर प्रयोगकर्ताले आफुलाई अमेरिकी राष्ट्रपति लिन्डन जोनसनको कथा याद आएको बताएका छन् । जोन्सनले नासामा काम गर्ने एक ड्राइभरको कथा सधै सुनाइरहन्थे । उक्त चालकलाई तिमी के काम गर्छौ भनेर कसैले सोध्यो भने उनको जवाफ हुन्थ्यो- मानिसलाई पृथ्वीबाट चन्द्रमामा पठाउने काममा सहयोग गर्दछु ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment