Comments Add Comment

नेपालमा मोदीको स्वागत : नाकाबन्दी पहिले र अहिले !

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका क्रममा नेपालमा छन् । जनकपुर हुँदै काठमाडौं आएका मोदी भोलि मुक्तिनाथ मन्दिर जानेछन् ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । हजारौंको संख्यामा सर्वसाधारण सहभागी कार्यक्रमलाई मोदीले सम्बोधन पनि गरे ।

तर, काठमाडौंमा मोदीले जनस्तरबाट त्यो सम्मान पाएनन्, जुन पहिलो नेपाल भ्रमणमा पाएका थिए ।

२०१४ अगष्टमा मोदी नेपाल आउँदा सर्वसाधारणले सडकको दुई किनारमा बसेर मोदीलाई स्वागत गरेका थिए । तर, शुक्रबार न उनको स्वागतमा कोही सडकमा निस्किए, न कसैले नारा नै लगाए ।

पहिलो भ्रमणमा उनी गौशला चोकमा आइपुग्दा सर्वसाधारणको ठूलो भीड थियो । आफ्नो सम्मानमा सर्वसाधारण सडकमा ओर्लिएको देखेपछि मोदी स्वयं सडकमा आए र सार्वसाधारणसँग हात मिलाउँदै अभिवादन साटेका थिए ।

तर, शुक्रबार भारतीय प्रधानमन्त्री मोदी ठीक त्यही ठाउँ गौशाला चोकमा पुग्दा उनको स्वागतमा कोही थिएनन् । नेपाल वेद विद्याश्रम स्कुलले केही संख्यामा बालकहरुलाई नेपाल र भारतको झण्डा दिएर मोदीको स्वागतमा राखेको थियो ।

नेपालले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी भारतका लागि प्रत्युपादक भएको छ । मोदीको क्रेज घटेको मात्र छैन, नेपालमा भारत विरोधी भावना बढेको छ । सामाजिक सञ्जालमा नाकाबन्दी अपराध हो मिस्टर मोदी ट्रेन्डिङमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment