Comments Add Comment

मध्यदिउँसोको झरीले विथोलेको काठमाडौं, हेर्नुस् ११ तस्वीर

३० वैशाख, काठमाडौं । आइतबार दिउँसो एक्कासी ठूलो वर्षा हुँदा काठमाडौंको जनजीवन प्रभावित भयो । एक घण्टा भन्दा बढी समय ठूलो वर्षा हुँदा पैदलयात्री, सवारीचालक, सडक ब्यापारी बढी प्रभावित भए ।

काम विशेषले हिँडिरहेकाहरु कोही रुझ्दै यात्रा गर्दै थिए भने कोही नजिकै ओत खोजेर बसेका थिए । मोटरसाइकल र स्कुटर चलाउनेहरु पनि वर्षाका कारण प्रभावित भए ।

ठूलो पानी आउँदा काठमाडौंको तीनकुने लगायतका ठाउँमा सडकमै पानी जम्दा ठूला सवारी साधन गुड्दा छ्यापिएको पानीले मोटरसाइकल र स्कुटर चालकहरु समस्यामा परेका थिए । सडकमा धेरै पानी जम्दा गाडी चलाउनसमेत समस्या भएको थियो ।

हेर्नुस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment