Comments Add Comment

कास्की आदर्श सेवा समाज यूएईको अध्यक्षमा केदार कुँवर चयन

१३ मे, यूएई । कास्की आदर्श सेवा समाज, यूएईको अध्यक्षमा केदार कुँवर चयन भएका छन् । गत २८ वैशाख दुबईको यास्मिन रेस्टुरेन्टमा आयोजित तेश्रो महाधिवेसन तथा चौथो वार्षिक साधारणसभाले कुँवरकाे नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो ।

समाजका संस्थापक सदस्य तथा निवर्तमान महासचिव कुँवर समाजसेवा र पत्रकारितामा विशेष रुचि राख्छ्न ।  उक्त अधिवेसनले उपाध्यक्षमा राजेश श्रेष्ठ र सुरेन्द्र जिसिलाई जिम्मेवारी सुम्पेको छ ।

त्यसैगरी महासचिवमा विकास अधिकारी, कोषाध्यक्षमा निवर्तमान केन्द्रीय सदस्य चन्द्रमोहन आचार्यलाई पदोन्नति गरेको छ । सचिवमा शिवराज बस्ताकोटी, महिला सदस्यमा  नारायणी पौडेल वाग्ले र सदस्यहरूमा क्रमश मनोज गुरूङ, लाल सुब्बा गुरूङ, गोविन्द भण्डारी, श्यामप्रसाद भण्डारी, पुष्प पाठक, विकास शाही, झपटबहादुर नेपाली, बाबुराम विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पूर्णप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा नेपाली समाज यूएईका भूपु अध्यक्ष तथा समाजसेवी एवं कास्की आदर्श सेवा समाज यूएईका संस्थापक तथा संरक्षक कृष्णबहादुर ढकालको विशेष आतिथ्यता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment