Comments Add Comment

देशलाई समृद्धिको बाटोमा हिँडाउन चाहेका छौंः प्रधानमन्त्री ओली

३१ वौशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेको बताएका छन्् ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनरसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै आज प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताएको छ । ‘अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्क हुन्छ’ प्रधानमन्त्रीओलीले भने ।

प्रधानमन्त्रीओलीले तीन तहका सरकार र राजन्ाीतिक संरचना तयार गरेपनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताए ।

प्रधानमन्त्री ओलीले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यान दिइने बताएका छन् ।

प्रतिवेदन बुझाउन उच्च स्तरीय निदेर्शक समितिका सदस्य राजेन्द्रप्रसाद पाण्डे, कार्यान्वयन सहजिकरण समितिका संयोजक काशीराज दाहाल, सदस्यहरु मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब दिनेश थपलीया लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment