Comments Add Comment

अशोक दर्जीको गीत कतारमा नम्बर १ ट्रेन्डिङ

भाइरल ब्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ कतारमा समेत १ नम्बर ट्रेन्डिङमा आएको छ ।

कुनै पनि नेपाली गीत विदेशमा १ नम्बर ट्रेन्डिङमा आएको यो सम्भवत पहिलोपटक हो ।

उक्त गीतका संगीतकार तथा गायक टंक बुढाथोकी सांगीतिक कार्यक्रमका सिलसिलामा हाल कतारमा छन् । त्यहीँबाट उनले आफ्नो गीत १ नम्बर ट्रेन्डिङमा रहेको जानकारी दिएका छन् ।

यो गीत यूट्यूबमा रिलिज भएकै दिनदेखि नेपालमा १ नम्बर ट्रेन्डिङ ओगटिरहेको छ । लामो समय एक नम्बरमा रहने नेपाली गीतको रेकर्ड पनि यसले कायम गर्न सक्छ । अहिलेसम्म ३० लाखभन्दा बढी पटक गीत हेरिएको छ भने १९ हजार कमेन्टहरु आएका छन् । गीतलाई एक लाख ८६ हजारले लाइक गरेका छन् ।

संगीतकार बुढाथोकीले गीतमा आएको प्रतिक्रियाबाट भावुक भएको उल्लेख गरेका छन् । यूट्यूबमा उनले लेखेका छन्, ‘रुने गर्छु अचेल धेरै म । आँशु नझारुँ भन्दा पनि आउँछ । जीवनभर यसरी नै रुन तयार छु, हजुरहरुको माया पाएमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment