Comments Add Comment

प्रभु लाइफ इन्स्योरेन्सले खोल्यो पोखरामा प्रदेश कार्यालय

३१ वैशाख, पोखरा । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ४ कार्यालय स्थापना गरेको छ । पोखराको सभागृहचोक भन्दा करिब ५० मिटरमाथि प्रभूले प्रदेश स्तरीय शाखा कार्यालय खोलेको हो ।

कार्यालयको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले थोरै खर्चमा स्वस्थ रहन इन्सुरेन्स उपयुक्त माध्यम भएको बताए ।

उनले गरिबीका कारण अधिकांश नेपालीहरु आधारभूत स्वास्थ्य सेवाबाट अझैपनि बञ्चित रहेको बताउँदै अब राज्य र व्यक्ति दुबै मिलेर स्वास्थ्य बीमा गर्दा लाग्ने रकम तिर्ने वातावरण बनाएर सबैले उपचार पाउने वातावरण निर्माणमा सरकार लागेको बताए ।

मुख्यमन्त्री गुरुङले संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारमा राखेकाले अहिले कुनैपनि नेपालीले मैले स्वास्थ्य सेवा पाइन भनेर अदालतमा मुद्धा हाल्ने हो भने सरकार ट्वाँ पर्ने अवस्था आउने बताए ।

संविधानमा मौलिक अधिकारमा राखेको कुरा १ वर्षभित्र कानून बनाएर लागू गर्नुपर्ने भएकाले त्यो नगर्ने वित्तिकै कसैले मुद्धा हाले सरकार उपचार गरिदिन बाध्य हुने अवस्था आउने उनको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बाध्यात्मक अवस्था नबनाएसम्म आफ्नै लागि हो भन्दापनि नेपालीले बीमा नगर्नेगरेको उल्लेख गर्दै अब राज्यले नै विमा अनिवार्य बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

सांगि्रला विकास वैंकका अध्यक्ष डा.रबिन्द्र श्रेष्ठले विमाले जनतालाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने भएकाले यसका लागि राज्य र जनता दुबैले चासो दिनुपर्ने बताए ।

सोमबारबाट सञ्चालनमा आएको कार्यालयबाट इन्स्योरेन्स सेवासहित सबै प्रकारका सेवा प्रदान गर्ने इन्स्योरेन्सका कार्यकारी निर्देशक किशोरप्रसाद लामिछानेले जानकारी दिए ।

इन्स्योरेन्सका अध्यक्ष रामबहादुर पाण्डेले इन्स्योरेन्स सेवामूलक भएकाले जतिसक्दो बढी सेवा दिन प्रभु इन्स्योरेन्स लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment