Comments Add Comment

‘चङ्गा’को ट्रेलरमा कमेडी नै कमेडी


जेठको २५ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘चंगा’को ट्रेलर काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । रेश्मा तिमिल्सिनाको निर्माणमा तयार भएको यो चलचित्रलाई किशोर भण्डारीले लेखन तथा निर्देशन गरेका छन् ।

चलचित्रमा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेम बर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लाकी भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरलाई कमेडी शैलीमा तयार पारिएको छ । निर्देशक भण्डारीले ट्रेलर हेर्दा बच्चा अपरहणको कथा जस्तो लागेपनि सो कथामा चलचित्र नबनेको बताए ।

चलचित्रका कार्यकारी निर्माता प्रखु पाण्डे हुन् । चलचित्रमा नवराज उप्रेतीको छायांकन, कविराज गहत्तराजको नृत्य निर्देशन, रविन आचार्यको डीओपी, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ । चलचित्रले २ घन्टा दर्शकलाई पूर्ण मनोरञ्जन दिने निर्माणपक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment