Comments Add Comment

विद्यार्थी स्थापना दिवसको अवसरमा क्रान्तिकारीको विचार गोष्ठी


१ जेठ, काठमाडौं । अखिल (क्रान्तिकारी)ले आज विचार गोष्ठी आयोजना गरेको छ । विद्यार्थी एकता तथा स्थापना दिवसको अवसर पारेर क्रान्तिकारीले गोष्ठी आयोजना गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव जीपी मैनालीले ५४औँ विद्यार्थी एकता तथा स्थापना दिवसको अवसर पारेर ‘विद्यार्थी आन्दोलन हिजो, आज र भोलि’ विषयक विचार गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

राजधानीको बबरमहलस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजे हुने गोष्ठीमा एमाले सचिव योगेश भट्टराई, माओवादी नेता हितमान शाक्य, कांग्रेस नेता गुरुराज घिमिरे, सांसद् नवीना लामा, विश्वकान्त मैनाली, लिलामणि पोखरेल, लेखनाथ न्यौपाने, नैनसिंह महर, रंजित तामाङलगायत वक्ता रहेको क्रान्तिकारीले जनाएको छ ।

विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा भएको खुशियालीमा जेठ १ लाई एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment