Comments Add Comment

सिद्धार्थसँग श्रद्धा र कृतिले फिल्म खेल्न मानेनन्, परिणिती फाइनल


नायक सिद्धार्थ मल्होत्राको स्टारडम अहिले नाजुक स्थितीमा छ । उनका हरेक चलचित्र असफल हुँदा उनलाई बलिउडमा टिक्न धौ-धौ पर्न थालेको छ । सायद, यसैले पनि होला केही नायिकाहरुले उनीसँग चलचित्र खेलेर जोखिम मोल्न चाहिरहेका छैनन् ।

निर्मात्री एकता कपुरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘सटगन सादी’मा सिद्धार्थ कपुर फाइनल भैसकेका छन् । यो चलचित्रका लागि सिद्धार्थको जोडीको रुपमा नायिका परिणिती चोपडालाई पनि फाइनल गरिएको छ ।

तर, एकता कपुरले परिणितीलाई सुरुमै रोजेकी भने होइनन् । उनले, सुरुमा यो चलचित्रका लागि नायिका श्रद्धा कपुरलाई अफर गरेकी थिइन् । तर, श्रद्धाले कथा पढेर पनि चलचित्रमा काम गरिनन् ।

यस्तै, यसपछि एकताले सिद्धार्थको जोडीको रुपमा नायिका कृति सेननलाई अफर गरिन् । कृतिले समयको कारण देखाउँदै चलचित्रमा काम गरिनन् ।

यसपछि, नायिका परिणिती चोपडालाई अफर गरियो । उनले भने कथा निकै मन परेकाले काम गर्न तयार भएको बताइन् । श्रद्धा र कृतिले सिद्धार्थको घट्दो क्रेजका कारण काम गर्न नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment