Comments Add Comment

ब्राजिलको विश्वकप टोली घोषणा : घाइते रहेका नेइमार पनि परे

१ जेठ, काठमाडौं । विश्वकप फुटबल सुरु हुन २८ दिन बाँकी छ । विश्वभरका उत्कृष्ट ३२ देशले सहभागिता जनाउने फुटबल महाकुम्भका लागि अन्तिम २३ सदस्यीय टोली बनाउन कठिन देखिएको छ ।

रसियामा हुन विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ । समर्थकहरु आफ्नो रोजाइको खेलाडी टोलीमा पर्छन् कि पर्दैनन् भन्ने बुझ्न उत्सुक छन् । जुन ४ तारेख सम्ममा सबै देशले आˆनो २३ सदस्यीय टोलीको नाम घोषणा गरिसक्नुपर्नेछ ।

ब्राजिलको टिम घोषणा

उपाधिको दाबेदार मानिएको ब्राजिलले टीम घोषणा गरिसकेको छ । जसमा अहिले चोटका कारण मैदान बाहिर रहेका स्टार खेलाडी नेइमार पनि परेका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पएसजी) का नेइमार गएको मार्चदेखि चोटका कारण मैदानबाहिर छन् । विश्वकपसम्म उनी चोटमुक्त हुने विश्वास गरिएको छ ।

ब्राजिल विश्वकपका लागि कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँगै समूह ‘ई’ मा छ । ब्राजिलले समूह चरणको पहिलो खेल १७ जुनमा स्विटजरल्याण्डसँग खेल्नेछ ।

को को परे ब्राजिलको टिममा ?

गोलरक्षक – एलिसन, एण्डर्सन, कासिओ

डिफेन्डर – डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, माक्र्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल

मिडफिल्डर – कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेन्च, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा

फरवार्ड – नेइमार, टाइसन, गाबि्रएल जिसस, रोबर्टो फिरमिनो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment