शुक्रबार, ११ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणमा प्रदेश सरकारको दाबी

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले पनि चासो देखाएको छ ।

निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्गलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन चाहेको बताए । उनले भने, प्रदेशसभाले ल्याउने बजेटमा हाम्रो तर्फबाट कुलेखानी-काठमाडौं सुरुङमार्ग उच्च प्राथमिकतामा रहन्छ । मेरै पालामा यसले पूर्णता पाउँछ ।’

तर, प्रदेश सरकारले चाहँदैमा सुरुङमार्ग निर्माण अगाडि बढाउन सक्ने अवस्था छैन ।

सुरुङमार्ग निर्माणका लागि निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले अनुमति पाएको छ । शुरुको सम्झौताअनुसार उक्त सुरुङमार्गमा जनवरी २०१७ देखि नै सवारी साधन सञ्चालन भइसक्नुपर्थ्यो ।

तर, सिन्को समेत भाँचेको छैन । कम्पनीले सर्वसाधारणसँग उठाएको संस्थापक सेयरवापतको ३१ करोड ७६ लाखको ठूलो हिस्सा प्रशासनिक खर्चमै सक्न लागेको छ । अब कम्पनी सुरुङमार्ग निर्माणका लागि आर्थिक स्रोत जुटाउन सक्ने अवस्था छैन ।

निजी कम्पनीलाई सोधिने

निर्माण थाल्न पछिल्लो म्याद गुजि्रएको महिनौं भइसक्यो । तर, कम्पनीले भने आर्थिक आधार पेश गर्न थप तीन वर्ष म्याद दिन सरकारसँग प्रस्ताव गरेको छ ।

तर, अझै निर्माण प्रारम्भसमेत भएको छैन । एनपीबीसीएलले काम नगरेपछि पछिल्लो पटक सडक विभाग आफैंले पनि भीमफेंदी-कुलेखानी खण्डमा सुरुङ निर्माण गर्ने छलफल पनि थालेको थियो । तर, अब प्रदेश सरकार थपिएको छ ।

प्रदेश सरकारले सुरुङमार्ग निर्माणलाई महत्वका साथ अघि बढाउने योजना तयार गरेको प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्रालयका एक उच्च अधिकारी बताए ।

‘हामीले निर्माण गर्छौं भनिहाल्न गाह्रो छ । तर, यसलाई निर्माणको अनिश्चितताको भूमरीबाट बाहिर ल्याएर अगाडि बढाउन चाहेका छौं,’ उनले भने, ‘जिम्मा पाएको कम्पनीले बनाउने हो भने यसरी अल्झाएर राख्न भएन । नगर्ने हो भने छोड्नुपर्‍यो । उसले छाडे प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ ।’

प्रदेश सरकारले एनपीबीसीएलका अधिकारीलाई बोलाएर सुरुङमार्ग निर्माण गर्ने-नगर्ने सोध्ने तयारी गरेको छ ।

‘उहाँहरुले बनाउन नसक्ने हो भने प्रदेश सरकारले त्यसलाई ग्रहण गर्छ । यो हाम्रो लागि निकै महत्वपूर्ण आयोजना हो,’ प्रदेश सरकारको भौतिक पूर्वाधारका एक अधिकारीले भने, ‘केही कानुनी र केही प्रक्रियागत कुराहरु पनि हुन्छन् ।’

तर, सुरुङमार्ग निर्माणको अनुमति केन्द्र सरकारले दिएको हो, त्यसैले एनपीबीसीएलले पाएको अनुमति रद्ध गर्ने वा म्याद थप गर्ने निर्णय पनि केन्द्रले नै गर्नुपर्छ ।

प्रदेश सरकारका अधिकारीहरुले भने काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम अघि बढेकाले सुरुङमार्गको व्यवसायिक सम्भाब्यता अब सकिएको बताएका छन् । ‘सरकारकै लगानीमा सेनाले फास्ट ट्रयाक बनाउँदैछ । अब सुरुङमार्गमा लगानी गर्दा निजी क्षेत्रले लाभ उठाउन गाह्रो छ,’ एक अधिकारीले भने, ‘त्यसैले अब सरकारले नै यसलाई बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

प्रदेश सरकारलाई हस्तान्तरण

एनपीबीबीसीएलको प्रस्तावअनुसार काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेन सडकसहितको डिजाइन तयार पारिएको छ । उक्त सुरुङमार्गबाट हेटौंडा पुग्न एक घण्टा मात्रै लाग्ने अनुमान थियो ।

२०६९ सालमा शिलान्यास भएको सुरुङ निर्माण गर्न शुरुमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो । तर, अब यो लागत ५० अर्ब पुग्न सक्ने अनुमान कम्पनीको छ ।

सडक विभागका प्रवक्ता मुक्ति गौतम हेटौंडा-कुलेखानी सडकमार्ग प्रदेश सरकारलाई हस्तान्तरण हुने बताए । तर, हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग निर्माणको जिम्मा निजी क्षेत्रले पाएकाले यसबारे संघीय सरकारले निर्णय गर्ने बताए ।

प्रदेश सरकारले सुरुङमार्ग बनाउन चाहे सडक विभागलाई कुनै आपत्ति नहुने उनले स्पष्ट गरे ।

२०७५ जेठ २ गते १६:१९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • श्री राम लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १२:०६

    काठमाडौं-हेटौंडा जान कुनै एक द्रुत मार्ग भए पुग्छ, फास्ट-ट्रयाक/शुरुङ्ग मार्ग/कान्ती लोकपथ/दक्षिणकाली-कुलेखानी/मुग्लिन-नारायणघाट गर्दै कति ओटामा पैसा खर्च गर्ने गरिव देशको… अझ कुनै दिन WB/ADB पनि जोडिन आईपुग्ला यहि हो मौका भन्दै ।

    बरु प्रदेश सरकार ले उत्पादन मुलक क्षेत्र मा लगानी बढाएर जनताको आय तथा सरकारको कर दुवै वढाउने उपाय लगाए हुन्थ्यो, यो सस्तो लोकप्रियता र कमिशन आउने सोझो बाटो बन्द गरौं ! जय होस् नेपाली जनताको !!

    9
    4
    Share

  • Kumar Lama लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १२:०७

    सुरंग-मार्गले पर्यावरणलाई ठुलो हानि पुर्याउन्छ. हाम्रो आवश्यकताहरुको परिपूर्ति सुरंग मार्गले गर्न सक्दैन. कुश कुमारले आफ्नो हाथ जलाई सकेका छन.

    4
    5
    Share

  • drj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:०३

    @Kumar Lama जी, सुरंग-मार्गले पर्यावरण लाइ हानि पुर्याउने होइन, पहाडी क्षेत्रमा सडक कटान बाट हुने पर्यावरणीय क्षति बाट बचाउँछ | सुरंग खनेर भित्र पट्टी RCC Tubing गरी सकेपछि पहाडको stability को लागी मात्र राम्रो होइन भू-क्षय, जंगल फडानी र त्यस बाट हुने जीवजन्तुको बासस्थान नाश हुनबाट बचाउँछ, सडकमा मोड नराखी सीधा बनाउन सकिने हुँदा छोटो भइ ईन्धत बचत गराउँछ|
    यो प्रविधिको एकमात्र बेफाइदा महँगो हुनु हो, प्रविधिको प्रयोगमा व्यापकता आउँदा सायद मूल्य घट्ला|

    4
    1
    Share

  • uday sah लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:२९

    Pahila ka le afno karyakarta palne bato banae ab inle pani afanta lai palne mauka khojdai. Jay ho,,,,,,,,,,,

    0
    1
    Share

  • vola mahato लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:२२

    रुसले हिजो जेठ १ गते रुसको मुख्य भूमि र युक्रेनबाट जितेको क्राइमिया जोडने १९ किलोमिटर लामो सामुद्रिक विशाल पुलको उद्घाटन राष्ट्र्पति पुटिनले आपैm गरेका छन् । यो पुल तोकिएको निर्माण समयअवधिभन्दा ६ महिना अगावै सम्पन्न भएको छ । त्यस्तै चीनले पनि चीनको मुख्य भूमि र हंङकङ सहर जोडने २५ किलोमिटर लामो पुल १ महिना अघि संचालनमा ल्याएको छ । समुद्रमाथि अर्बौ डलर लागतमा बनेको यस पुलको निर्माणले विश्वलाई नै चकित बनाएको छ ।
    हामीकंहा जाबो दुईतीन किलामिटरको छोटो सुरुंगमार्ग बनाउन पनि यतिका धेरै वर्ष कुर्नु पर्ने, यत्रो रस्साकसी र संघर्ष गर्दा पनि बन्ने कुनै छांटकाट छैन । यसले गर्दा त अझै पचास वर्षमा पनि देश जहांको तंही रहने अवस्था देखिन्छ । हेटौडा र काठमाण्डौ जोडने ब्रोडगेज विद्युतीय रेल र छोटो सुरुंग राजमार्ग दुबै चाहिन्छ है, देशको तीब्र विकास गर्ने हो भने ।

    4
    0
    Share

  • S Pokhrel लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:०४

    Drj भाई, तपाईलाई पर्यावरणको अर्थ थाहा छ? तपाईलाई सुरंग खनने मसीन चलदा त्यसबाट हुने वन्यजन्तु, वनस्पति , चराचुरनगु, भूमिगत जल स्रोत को नोक्सानी बारे थाहा छ?

    0
    0
    Share

  • रामचन्द्र न्याैपाने लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:३६

    विकासका याेजना अघि सार्दा वा राेकिएकाे विकासका विषयमा कुरा हुँदा अन्ट न सन्टका प्रतिक्रिया अउँदा विकासप्रतिकाे हाम्राे धारणालाई प्रतिविम्वित गर्दछ । विकास कहिल्यै सकिने विषय हाेइन । हुनै अायाेजना वा कार्यक्रमलाई निजी व्यक्तिले अाेगटेर राख्ने अधिकार राज्यले दिनु हुँदैन । मानव अधिकार, पारदर्शिता र शुसासनलाई अघि बढाउँदै विकासका लागि राज्य निरङ्कुस भए राम्रै हुन्छ । ख्याल गराैं निजगढ जाेड्ने र हेटाै‌डा जाेड्ने बाटाेकाे महत्व एउटै हुँदैन ।

    0
    0
    Share

  • narayan लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:३२

    सुरुङ मार्ग सडक मार्ग भन्दा पनि ब्रोड गेज रेल मार्ग नै सान्दर्भिक हुन्छ ..

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this