Comments Add Comment

संसदमा दिलेन्द्रप्रसाद बडुको प्रश्नः विमान दुर्घटना हुनबाट बचाउन सकिँदैन ?

२ जेठ, काठमाडौं । विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको संसदमा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडुले विमान पटकपटक हुने गरेका विमान दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पटक-पटक विमान दुर्घटना हुँदा पनि कारण पत्ता लगाएर समस्याको समाधान गर्न नसकिएको भन्दै सांसद दिलेन्द्रप्रसाद बडुले दुर्घटनाको कारण खोजी विमान दुर्घटना रोक्नु पर्ने बताए ।

बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुईजना सदस्यको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै बडुले विमान दुर्घटना रोक्न सरकारलाई संवेदनशील हुने सचेत गराए ।

सांसद बडुले मकालु एयरको विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment