बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

Suzuki
अनलाइनखबर

दुर्घटनाग्रस्त मकालु एयरलाइन्सको विमान ।

२ जेठ, काठमाडौं । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’

नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र आदित्य नेपाली सवार थिए ।

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।

सोही आधारमा महाप्रवन्धक क्षेत्रीले बगरमा विमान फोर्स ल्याण्डिङ भएको र चालक दलका दुवै सदस्य सकुशल रहेको सूचना सञ्चार माध्यमहरुलार्इ दिएका थिए । उक्त गलत सूचनाले हाम्रा पाठकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

२०७५ जेठ २ गते ११:०५ मा प्रकाशित (२०७५ जेठ ३ गते ७:४६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१० प्रतिकृयाहरू प्राप्त
  • chandra shahi लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ११:११

    VERY SAD NEWS,GOD BLESS TO FAMILY MEMBERS.

    8
    0
    Share

  • लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ११:२६

    बाजुरामा safe landing भाको भन्नि समचार कता गयो?

    2
    0
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ११:२७

    It is very sad news that our people areare dying frequently causedby importing old and wornout aircraft. Not only this many of our women go hospital to give a birth but they lose life there.Those doctors or procedures must be stopped, reviewed and punished. We are not animals to treat in this way. Similarly we are losing our lives on road accidents. These are very high death tolls.
    The respective departments and the government body must act without delay.

    6
    0
    Share

  • Parsuram Bastola लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ११:२९

    Very very sad news,

    4
    0
    Share

  • Surendra Narayan Chaudhary लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १२:००

    हवाई यातायात कसरी सुरक्षित बन्न सक्छ, सरकारले ध्यान पुर्याओस. अति दुखद घटना.

    3
    0
    Share

  • Surendra Narayan Chaudhary लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १२:०३

    हवाई यातायात कसरी सुरक्षित बन्न सक्छ, सरकारले ध्यान पुर्याओस. अति दुखद घटना. श्रेद्धान्जली …

    3
    0
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १३:२६

    सबै भन्दा मुख्य कुरा सिंगल इन्जिन भएको जहाज नै नेपालमा ल्याउनु बन्देज गर्नुपर्छ,अनि थोत्रो जहाजहरु उडाउने होइन कवाडीमा बिक्रि गरेर उच्च टेक्नोलोजी जडान भएको त्यो पनि दुई वोटा इन्जिन भएको जहाज मात्र उडाउने गरे यति धेरै दुर्घटना हुदैनथ्यो कि ?

    7
    1
    Share

  • sumit majakoti लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:०३

    नेपाल मा जहाज धेरै दुर्घटना हुनु एक पक्छ्ये लाई मात्र दोस दिनु राम्रो होइन हाम्रो भौगोलिक बनावट,जहाज, र पाइलट उत्पादन सबे पक्छ्ये सुधार गर्नु पर्छ

    1
    0
    Share

  • कुल बहादुर फडेरा लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:४५

    हार्दिक श्रदानजली बहादुर पाइलटहरुलाई ।
    यो प्लेन हुम्ला जिल्लाको खार्पनाथ गाउपालिका वडा नं २ थाली गाउँको लेख बाहुन खर्क लेखमा रिप गाउँको पारी उत्तरतिर पर्ने लेखमा खसेको छ । सर्वप्रथम त्यहाँका स्थनीय गोठालाहरुले देखेर प्रतिनिधि सभाबम माननीय श्री छक्क बहादुर लामालाई मोबाइल फोन गरेर जानकारी प्राप्त भयो र माननीयले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर जानकारी दिनु भएको हो । दुखद घडीमा बहादुर पाइलटहरुको सीप र दक्षताको कदर गर्दछु र शोकाकुल परिवारजन ईष्ट मित्रप्रति हार्दिक समवेदना वक्त गर्दछु । मेरो घर पनि रिपमा हो ।

    3
    0
    Share

  • कुल बहादुर फडेरा लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २०:०९

    एक पंखे प्लेनहरु नेपालमा चलाउन प्रतिवन्द लागाइसकेको अवस्था हो । तर फेरि जबरजस्ती फुकुवा गरियो जसको फलस्वरुप नेपाली आमाका बहादुर छोरा र छोरीलाई अलपायु मै मृत्यको मुखमा जानीजानी पर्याइरहेका छन् । ३० देखि ३५ लाख तिरेर पाइलट बनाइ सुरक्षित हवाइजहाज र सेवा सुविधा नहुदा हरेक वर्ष कर्णाली अंचलमा बहादुर नेपाली पाइलटहरुको ज्यान गएको खबरले नेपाली आमाहरुको अल्पायु मै कोख रित्तो बनाउछन् । यसमा जिम्वेवारी को हुने ? केही वर्ष अगाडि कालीकोटको चिल्खायामा काष्ठमण्पको हवाईजहाज दुर्घटना भयो । म आफै उद्धार गर्न त्यहाँ जुम्लाबाट पुगेको थिए । एक वर्ष अधि सिमिकोटको एअरपोर्टमा आपतकालिन ल्याण्डङका लागि आजकै जहाज दुर्घटना भएको लेखबाट रेस्क्यू गरी फिर्ता घुमाई सिमिकोटमा लिदालिदै एअर्पोर्टको नजिक कर्णाली नदीमा बहादुर फाईलटहरुले आकाशमा जलेको जहाजलाई हालेर पौडिखेली साउनको भेलबाट पानीमा पौडिखेली बचेका थिए । चलाउने भए २ पंखे टीव्नवटर विमान किनेर धेरै पैसा कर्णालीबाट कमाउनुहोस् । पाइलटको जीवनको रक्षा हुन्छ र जनताले पनि सेवा र सुरक्षा पाउछन् । सबैलाई चेतना भया । एक पंखे जहाज किनेर नेपालीको जीवनमा खेलबाड कुनैले पनि गर्नु हुदैन । मैले पनि यो जहाज थुप्रै पटक चढेर नेपालगंज सिमिकोट यात्रा गरेको थिए धन्य भगवानले बाँचेर खाने भाग्य दिएका रहेछन् ।

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this