+
+
Shares

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते ११:३६
दुर्घटनाग्रस्त मकालु एयरको विमान । तस्वीर सौजन्यः नृप हमाल

२ जेठ, काठमाडौं । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।

मकालु एयरको विमान हुम्लामा क्षत-विक्षत अवस्थामा भेटिएको छ ।

नाइन एन एयूजे कलसाइनको विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत-विक्षत छ । विमानले बोकेका सामान, यसका पाटपुर्जा र कागजपत्र मैदानमा छरप्रस्ट छ ।

नाइन एन एयूजे कलसाइनको विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । उनीहरु दुवै जनाको मृत्यु भएको छ ।

विमान सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

यो पनि पढ्नुस्

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?