Comments Add Comment

डडेल्धुरामा कापीकलम किन्न काफल बेच्दै बालबालिका

२ जेठ, डडेल्धुरा । यो मौसम काफलको हो । प्रदेश ७ को ९ वटै जिल्लाको प्रमुख प्रवेश द्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा अहिले बिहानैदेखि रातिसम्म काफल बेच्नेको भिड लाग्ने गरेको छ ।

महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेेच्नमा सक्रिय हुने गरेका छन् ।

डडेल्धुरा लगायत प्रदेश ७ का पहाडी जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासमा आजभोलि काफलको छाप्रो बोकेका महिला र बालबालिका देखिने गरीएका छन् ।

न्यून आयस्रोत भएका तथा गरीब परिवारका महिला र बालबालिकाका यो समय काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।

मौसम अनुसारका फलफूल जस्तै सुन्तला, मौसम, ओखर, आरु, अमला त्यस्तै तरकारीहरुमा निउरो, रायो, पालुँगोको, कोइराला राजमार्ग आसपासमा बिक्री हुन्छन ।

मौसम अनुसारको व्यापार गर्ने राजमार्ग आसपासका गाउँका महिला र बालबालिकाले अहिले काफलबाट पैसा कमाइ रहेका छन ।

अधिकांस आर्थिक अवस्था कमजोर भएका बालबालिकाले मौसमी फल बिक्री गरेरै आफ्नो पढाइ खर्चको जोहो गर्ने गरेका छन् ।

विद्यालय समय पछि बालवालिकाहरु प्राय यो व्यवसायमा लाग्ने गरेका छन् । काफल बिक्री गरेर दैनिक ८ सय देखि १ हजार रुपैंयाँसम्म आम्दानी गर्ने गरेको अमरगढी १ मालम का १० वर्षीय राम दियाल बताउँछन । ‘काफल बचेरै आफूलाई चाहिने कापी कलम र लुगा किन्छु, बचेको पैसा घरमा दिन्छु’ उनले भने ‘यसपाली राम्रै काफल फलेको छ घरको आम्दी बढ्ने भयो ।’

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालीकाको मालम, दह व्यारेक, काँडे, भेटा, ढुनढुने, लगायत राजमार्ग छेउछाउका बस्तिका मानिसहरुले काफल टिपेर गरि बेेच्ने गरेका छन । विभिन्न गाउँबाट काफल बेच्नका लागि स्याउले बजार र जिल्ला सदरमुकाममा महिला र बालबालिका आउने गरेका छन् ।

खडेरी तथा असिनापानीले बालीको उत्पादन घटाएपछि काफल बेचेरै वर्षदिन खान पुग्ने अन्नसमेत खरिद गर्ने गरेको मौसमी व्यापार गर्दै आएका महिलाले बताएका छन ।

डडेल्धुराको तुफानडाँडामा काफलको छाप्रो बोकेर काफल बेचीरहेकी हर्तकाकी धना सार्कीले सिजनमा काफल बेचेरै घरको नुन मसला तथा साबुन किन्न पुग्ने बताइन ।

छाप्रामा रहेको काफल समाउँदै उनले भनीन ‘बिहानै उठेर काफल टिप्न जान्छौ, त्ससपछि काफल बेच्न बजार । छिटो काफल बेचीए दोस्रो पाली पनि बेच्न पाउने उनले बताइन । कुनै कुनै दिन डबल फायदा हुने उनको भनाइ रहेको छ ।

यहाँको काफल तथा मौसमी फलफूल कोसेलीको रुपमा तराइको जिल्ला र राजधानी काठमाडौं लग्ने गरेको यात्रुहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment