२, जेठ, वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी ८ वर्षपछि पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ अलौं बस्ने कैलाश साह तुराहालाई पक्राउ गरेको हो ।
जेठ २ गते साँझ गते सांझ गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा तुराहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । उनीविरुद्ध परेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले ०६७ असार २७ गते फैसला गर्दैै ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
तुराहालाई फैसला कार्यान्वयनका लागि सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4