Comments Add Comment

आज मदन-आश्रित स्मृति दिवस, कार्यक्रममा माओवादी पहिलोपटक सहभागी


३ जेठ, काठमाडौं । नेकपा एमाले र उसका भ्रातृ संगठनहरुले मनाउँदै आएको मदन-आश्रित स्मृति दिवसमा यसपटक फरक दृष्य देखिने छ । किनकी यसपालिको २५ औं स्मृति दिवसमा आयोजना हुने औपचारिक कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको सम्झनामा एमालेले पुरानो पार्टी कार्यालय बल्खु, चितवनको दासढुंगालगायतका स्थानमा बिभिन्न कार्यक्रम आयोजना गर्दैछ । बल्खुको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसमेत सहभागी हुनेछन् । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमाले र माओवादीले सँगै मदन आश्रित स्मृति दिवस मनाउन लागेको यो पहिलोपटक हो ।

बिभिन्न छानबिन समितिले समेत दासढुंगा काण्डको तथ्य बाहिर ल्याउन सकेको छैन । चालक अमर लामाको समेत काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड झन् रहस्यमय बनेको छ ।

अमर लामाको २०६० साउनमा कीर्तिपुरमा हत्या भएको थियो । हत्यामा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुको संलग्नता रहेको भनेर एमाले नेताहरुले आरोप लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment