Comments Add Comment

दिलिप रायमाझीकी फ्यान मेलिना राई भन्छिन्ः अहिलेसम्म जुरेन भेट


अहिलेकी अत्यधिक चर्चित एवं व्यस्त गायिकामा पर्छिन् मेलिना राई । चार वर्षअघिबाट मात्र नेपाली संगीत क्षेत्रमा उदाएकी गायिकाले छोटो समयमा लोभलाग्दो फ्यानफलोइङ कमाएकी छिन् । उनले गाएका पाँच वटा गीतले यूट्यूवमा एक करोड भ्यूज क्रस गरेका छन् । यूट्यूवमा अहिलेसम्म सबैभन्दा बढि हेरिएको (६ करोड पटक) गीत ‘कुटुमा कुटु’ मा उनको स्वर रहेको छ । उनले दुई वर्ष अगाडि गाएको ‘तिमीले बाटो फेरेउ अरे’ ले हालै मात्र एक करोड क्रस गरेको छ । यसबाहेक मेलिनाका माछीले खाने खोलीको लेउ, कम्मरमाथि पटुकी र शिरैमा शिरवन्दी पनि करोड क्लवमा छन् ।

उनलाई फेसबुकमा अढाई लाखले पछ्याइरहेका छन् । मेलिनासँग गरिएको फ्यान संवाद:

तपाईंलाई फ्यानहरुले कत्तिको पछ्याउँछन् ?
धेरै नै ।सामाजिक सञ्जालमा अत्यधिक म्यासेजहरु आउँछन् । फोन पनि निकै आउँछ । नम्बर कसरी पत्ता लगाउनुहुन्छ कुन्नी ? देशभित्रबाट मात्र नभएर बाहिरबाट पनि उत्तिकै फोन गर्नुहुन्छ । म सबैसँग राम्ररी बोल्ने गर्छु ।

धेरै फोन आउँदा खुशी लाग्छ कि दिक्क लाग्छ ?
मलाई मन पराएर, माया गरेर फोन गर्नुहुन्छ, कसरी दिक्क मान्नु । तर, कहिलेकाहीँ आफू विजी भएको बेला यस्तो फोनहरुले अलिकति डिस्टर्व चैं हुन्छु ।

सामाजिक सञ्जालमा आउने सन्देशहरुको जवाफ दिने गर्नुभएको छ कि छैन ?
पहिलो कुरा त पढ्न नै भ्याउँदिन । कहिलेकाहीँ फुर्सद भएको बेला अलिअलि पढ्छु । पढेको म्यासेजलाई जवाफ पनि दिन्छु । नत्र त यत्तिकै हुन्छ ।

फ्यानहरुले तपाईंको के कुराको धेरै प्रशंसा गर्छन् ?
सबैभन्दा अगाडि त स्वरकै प्रशंसा हुन्छ । त्यो बाहेक मेरो स्माइल मन पराउनेहरु पनि धेरै हुनुहुन्छ । कतिपयले रुपको पनि प्रशंसा गर्नुहुन्छ ।

प्रेम प्रस्ताव पनि व्यापकै आउँछन् होला ?
अलिअलि । विशेषगरी फेसबुकमा आउँन् । मलाई खुशी नै लाग्छ । थ्यांक्यु, किप लभिङ मि भनेर जवाफ दिन्छु ।

कुन गीतबाट तपाईंको फ्यान फलोइङ ह्वात्तै बढ्यो ?
मैले गाएको पहिलो हिट गीत कम्मरमाथि पटुकी हो । तर, त्यतिबेला मलाई कमैले चिन्नुहुन्थ्यो । त्यो गीत मैले गाएको भन्ने धेरैलाई थाहै थिएन । तर, जब तिमीले फेरेउ अरे गीतको भिडियो आइसकेपछि मलाई धेरैले चिन्नुभयो र फ्यान फलोइङ पनि बढ्यो । यसैगरी कुटुमा कुटुले पनि मलाई फेमस बनायो ।

तपाईंको गीतमा यूट्यूवमा आएका प्रतिक्रिया पढ्ने गर्नुभएको छ कि छैन ?
गीत अपलोड भएको दुई–तीन दिन त सबै प्रतिक्रिया सरसरर्ति पढ्छु । गीत कत्तिको मनपराउनु भयो भन्ने चासो हुन्छ । अलिदिन पनि भने पढ्दिन ।

अहिलेसम्म कुनै फ्यानलाई प्रत्यक्ष भेट्नुभएको छ ?
भेट्नलाई त धेरैले आग्रह गर्नुहुन्छ । विदेश बस्नेहरुले नेपाल आएको बेला फोन गरेर भेटौं न भन्नुहुन्छ । तर, म सरी भन्छु । अहिलेसम्म कुनै फ्यानसँग प्रत्यक्ष भेटेको छैन । म समय नै निकाल्न सक्दिनँ ।

कुन उमेरका फ्यानहरु बढि हुनुहुन्छ ?
बढि त युवा नै हुनुहुन्छ । तर, सानोसानो बच्चाहरु पनि धेरै हुनुहुन्छ । प्रोग्रामहरुमा जाँदा आफ्नो होमवर्क गर्ने कपि दिएर ‘अटोग्राफ प्लीज’ भन्दै आउनुहुन्छ । साह्रै मन छुन्छ । स्कुलको प्रोग्रामहरुमा डान्स गर्दा मेरो गीत धेरै बज्ने भएकाले बच्चाहरुले चिन्नुहुँदो रहेछ ।

अन्त्यमा तपाईं पनि विगतमा कसैको क्रेजी फ्यान बनेर हिँड्नुभएको छ ?
मैले बाल्यकालमै फिल्म दर्पण छायाँ हेरेकी थिएँ । त्यो फिल्म हेरेपछि म दिलिप रायमाझीको ठूलो फ्यान भएँ । एक किसिमको क्रस नै जस्तो भयो । उहाँका हरेक कुराहरु मन पर्ने । विशेषगरी डान्स गर्दाको एक्सप्रेसन । अहिले पनि उहाँका फिल्म र अन्तरवार्ताहरु पाएसम्म हेर्छु ।

उहाँलाई प्रत्यक्ष भेट्नुभएको छ कि छैन ?
अहँ, अहिलेसम्म त्यो मौका नै जुरेको छैन । भेट्न मन त छ । हेरौं कहिले जुर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment