Comments Add Comment

दिशाको भाग्य खुल्यो, श्रद्धालाई धकेल्दै सलमानको फिल्ममा इन्ट्री


‘बागी २’ सफल भएपछि बलिउड नायिका दिशा पटानीको करिअर सही दिशामा चल्न थालेको छ । यसअघि सानातिना ब्यानरका फिल्महरुमा सिमित रहेकी उनलाई ठूला व्यानरहरुले आँखा लगाउन थालेका छन् ।

पछिल्लो समाचार अनुसार सलमान खान र प्रियंका चोपडा स्टारर फिल्म ‘भारत’मा दिशाको इन्ट्री भएको छ । अहिले सलमान खानको फिल्ममा मौका पाउनु भनेको कुनै पनि अभिनेत्रीका लागि सबैभन्दा ठूलो अवसर हो । त्यसैले दिशा मख्ख छिन् ।

दिशालाई जुन रोलका लागि अनुवन्ध गरिँदैछ, त्यसमा यसअघि श्रद्धा कपुरको नाम चर्चामा थियो । तर, सलमानले श्रद्धाको ठाउँमा दिशालाई छनोट गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन ।

‘भारत’ सलमानको महत्वाकांक्षी प्रोजेक्ट हो । यसमा भारतको ७० वर्षको इतिहास संक्षेपमा समेटिनेछ । भारत-पाकिस्तानको भागबण्डामा मुल कथा बुनिएको छ । फिल्मको सुटिङ पाकिस्तानको सिमानाभित्र पनि हुनेछ । निर्देशक अली अब्बास जफर अहिले बोर्डरमा लोकेसनको खोजीमा छन् ।

अली अब्बास र सलमानको जोडीले यसअघि ‘सुल्तान र टाइगर जिन्दा हे’ जस्ता ब्लकबस्टर फिल्म दिइसकेका छन् । भारतलाई आउँदो २०१९ को इदमा रिलिज गर्ने योजना छ । प्रियंका चोपडा लामो समयपछि यो फिल्ममार्फत बलिउडमा कमब्याक गर्दैछिन् । प्रियंका भएको फिल्ममा दिशाले कति स्पेस पाउने हुन् भन्ने कौतुहलताको विषय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment