Comments Add Comment

एमाले र माओवादी विघटन ! आजै नयाँ दल दर्ता

३ जेठ, काठमाडौं । एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको घोषणा गरिएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ ।

बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे । उनले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरे ।

एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो ।

दुई दलले ‘नेकपा कम्युनिष्ट पार्टी’ खर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।

स्रोतका अनुसार यदि नाममा निवेदन दिने र दल दर्ता प्रक्रिया अघि बढाउँदै समस्या परे संशोधन गर्ने सहमति भएको छ । एमालेको बैठकमा नेता बामदेव गौतमले ‘नेकपा कम्युनिष्ट पार्टी’का पछाडि केही थप्ने विकल्प दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment