Comments Add Comment

पारस खड्का बने उत्कृष्ट खेलाडी

३ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।

पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् । खड्का स्वयंमले भने सन्दिप लामिछानेले जित्ने अपेक्षा गरेको बताए ।

अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्ऽ बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।

यस्तै ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छन् । सन्दिप लामिछाने उत्कृष्ट युवा खेलाडी बन्दा क्रिकेटका जगत टमाटाले उत्कृष्ट प्रशिक्षक बने भने टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते ।

करण केसीलाई स्पेशल अवार्ड र पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment