+
+
Shares

करिश्माका दुई अडानः रक्सीको विज्ञापन गर्दिन, कुनै प्रोग्राममा जज बन्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते ११:०८


नायिका करिश्मा मानन्धर यतिबेला फिल्ममा भन्दा पढाईमा फोकस छिन् । एसईई नसिध्याएसम्म दायाँबायाँ नगर्ने उनको भनाई सार्वजनिक भइसकेको छ । आफूलाई जति राम्रो ब्यानरबाट फिल्मको अफर आए पनि अहिले स्वीकार्न नसक्ने करिश्मा बताउँछिन् । एसइइ सकेपछि आफैं फिल्म बनाउने उनको योजना छ ।

यसैबीच करिश्माले आफ्ना दुई प्रतिवद्धता सार्वजनिक गरेकी छिन् । उनको पहिलो प्रतिवद्धता छ रक्सीको विज्ञापन नगर्ने । करिश्मा रक्सी पिउँछिन् । विगतमा रक्सीको विषयमा अन्तरवार्ता दिँदा विवादमा पनि परेकी थिइन् । तर अहिलेसम्म रक्सीको विज्ञापन गरेकी छैनन् ।

‘रक्सीको विज्ञापन गर्दा राम्रो पैसा पनि पाइन्छ, तर म कदापि गर्दिन,’ करिश्मा भन्छिन्, ‘यसले समाजमा राम्रो सन्देश जाँदैन ।’करिश्माले गरेको अर्को प्रतिवद्धता हो, कुनै पनि प्रोग्राममा जज नबन्ने । अहिले सुन्दरी प्रतियोगितादेखि रियालिटी शो सम्ममा करिश्माको खोजी भइरहेको छ । तर, उनी कुनैमा गएकी छैनन् ।

आफूमा मानिसहरुलाई जज गर्ने क्षमता नभएको करिश्मा बताउँछन् । ‘अरुको मूल्यांकन गर्नु निकै चुनौतिको कुरा हो, मसँग यो क्षमता छैन,’ उनले इमान्दारितापूर्वक भनिन्, ‘त्यसैले कहिँ पनि जज बन्ने अफर स्वीकार्न सक्दिनँ ।’
उनलाई विगतमा मिस नेपालबाट जज बन्ने प्रस्ताव आएको थियो । तर, उनले अस्वीकार गरिन् । त्यसपछि आएको छैन । यसैगरी विभिन्न रियालिटी शोहरुबाट पनि अफर आउने गरेको तर आफूले स्वीकार्न नसक्ने करिश्मा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?