४ जेठ, ओखलढुंगा । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरेका छन् ।
प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा ओखलढुंगा आएका वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको दावी गरे ।
उनले दुई पार्टीबीचको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारबीचको मिलन भएको टिप्पणी गरेका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा उनले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्ने बताए ।
विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध गरेर आएकाहरु सबै इतिहास भुलेर सत्तामा गएको उनको जिकिर छ ।
वैद्यले वालकृष्ण ढुंगेलको उदाहरण दिँदै आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा रहेका बेला त्यही पार्टीका नेता सरकारमा रहनु विचित्र भएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4