Comments Add Comment

शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न गृहमन्त्री बादलको निर्देशन

६ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई मन्त्रालयमा आइतबार निर्देशन दिदै गृहमन्त्री बादलले आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकाशरका सिन्डिकेट अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य गर्न जरुरी छ,’ गृहमन्त्री बादलले भने, ‘तपाईंहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिन्डिकेट हटाउनुहोस् ।’

उनले भ्रष्टचार रत स्करीलाई निस्तेज पार्नेगरी काम गर्नसमेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । ‘गृहमन्त्रालयले तपाईंहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ, सबै जिम्मेवारी आफैमा महत्वपूर्ण छन्,’ उनले भने, ‘हाम्रो अपेक्षा र विश्वास तपाईंहरुले पूरा गर्नुहुनेछ ।’

सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशासन कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्री थापाको भनाइ छ । ‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो । ‘ उनले भने ।

प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिए । यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुनसमेत प्रहरी अधिकारीहरुलाई उनले निर्देशन दिए ।

निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डीआईजीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment