 ६ जेठ, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कर्णाली प्रदेशलाई जडिबुटीको हबका रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताएका छन् ।
६ जेठ, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कर्णाली प्रदेशलाई जडिबुटीको हबका रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताएका छन् ।
मन्त्री बस्नेतले कर्णालीका जिल्लाहरुमा जडिबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गरिने उल्लेख गरे । ‘कर्णाली प्रदेश जडिबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो’, कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको सामुहिक भेटमा मन्त्री बस्नेतले भने, ‘कामका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यतामा रहेका युवाहरुलाई जडिबुटीको विकासमार्फत रोजगारी दिन सकिन्छ ।’
आगामी आर्थिक वर्षको बजेटमा जडिबुटीको नसर्री र प्रशोधन केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गर्न लागिएको जानकारी दिए ।
कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोसहित बहुमूल्य जडिबुटी खेती गर्न सकिने र त्यसका लागि मन्त्रालयले टोली नै खटाएर अध्ययन गरिरहेको उनको भनाइ थियो ।
यस्तै रारा क्षेत्रलाई आधार बनाएर पर्यटन पूर्वधार निर्माण गर्ने, कणर्ालीका हरेक वडामा एक उपस्वास्थ्य चौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिने पनि उनले बताए ।
यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा एक आवासीय विद्यालय निर्माण गर्ने योजना सरकारले बनाएको मन्त्री बस्नेतले चर्चा गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4