Comments Add Comment

एमाले- माओवादीले घुमाउरो हातले नाक समाए : चित्रबहादुर केसी


६ जेठ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट मुलुकमा परिवर्तन आशा गर्न नसकिने बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई संसदीय पार्टीको एकता हुँदा मुलुकमा कुनै परिवर्त नहुने टिप्पणी गरे । केसीले दुई दल मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी हात घुमाएर नाक समाउनु जस्तै भएको बताए ।

उनले एमाले र माओबादीको सरकार नेपाली जनताले देखिसकेको भन्दै अहिले परिवर्तनको आशा नगर्न जनतालाइ आग्रह गरे ।

‘दुई दलले राजनीति प्रमाणित गर्नलाई एकीकरण गरे, यसको टिकाउको बारेमा अहिले केही नबोलौं, कुनै स्वार्थका बीच भए केही दिनमै वाहिर आउँछ’ केसीले भने ।

प्रदेश २ लाई केन्द्र सरकारले आदेश दिने कि लैनचौरले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिलाई उनले भारतकै आदेशमा बोलेको टिप्पणी गरे । ‘२ नम्बर प्रदेशलाई केन्द्रीय सरकारले आदेश दिने कि लैनचौर (भारतीय दूतावास) ले ?’ उनले प्रश्न गरे ।’

संघीयता विरुद्धको राष्ट्रिय अभियानका शिलशिलामा बुटवलमा आएका नेता केसीले नेपालमा संघीयता अव्यवहारिक रहेको बताए । उनले संघीयताको भारी सकी नसकी बोकेकाहरुलाई यही भारीले थिच्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment