+
+
Shares

सौगात र नम्रताको ‘माछा माछा’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ७ गते १२:२२


चलचित्र ‘माछा माछा’को निर्माण हुने भएको छ । सुनिल गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रले तीन जना गाउँले यूवाहरुले आफूलाई शहरमा स्थापित गर्नका लागि गरेको संघर्षको कथालाई उठान गर्नेछ ।

चलचित्रको मुख्य तिन पात्रमा नायक सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिदैछन् । साथमा यो चलचित्रमा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, पुस्कर लगायतको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरिनेछ ।

सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्दैछन् । १ महिनामा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।

आजबाट काठमाण्डौको गौरीघाटलाई लोकेशन बनाउँदै यसको छायांकन सुरु गरिएको छ । पछिल्लो समय कमेडी जनराका चलचित्रको बाढी नै लागेको समयमा ‘माछा माछा’ पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?