+
+
Shares

फेशन शोमा बोल्ड सारा, सुशिल र शुभेच्छाको क्याटवाक

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ७ गते १४:५०


काठमाण्डौमा आयोजना भएको फेसन शोमा चलचित्र ‘रणवीर’का मुख्य कलाकार सुशिल सिटौला र शुभेच्छा खड्का र्‍याम्पमा उत्रिएका छन् । गर्मीको पहिरनमा सजिदै उनीहरुले र्‍याम्पमा क्याटवाक गरेका हुन् ।

आर आर गु्रपले काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना गरेको ‘चौथो एन्जल अन द ˆलोर’ फेशन शोमा शोज स्टपरको रुपमा यी दुई कलाकार स्टेजमा उत्रिएका हुन् ।

चलचित्र ‘रणबीर’को एउटा गीतमा डान्स ग्रुपले नृत्य पनि गरेका थिए । धिमे वाजा सहित सुरु भएको फेशन शोको सुरुमा नायिका सारा सिर्पाली स्टेजमा देखिएकी थिइन् । उनको पहिरन निकै खुलेको थियो । चलचित्रको पर्दामा सिम्पल सारा फेसन शोमा भने बोल्ड बनिन् ।

गर्मी महिनालाई ध्यानमा राख्दै तयार पारिएका ‘समर फेशन’ शोमा १८ जना मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भए ।

यस्तै सुनिल महर्जन र सुष्मा महर्जनले तयार पारेको गर्मी लक्षित जिन्सका स्कर्ट, वान पिस, टु पिस, हाफ पाईन्टमा सजिएर मोडलहरु अर्को सिक्वेन्समा प्रस्तुत भए । एस आर कलेक्सनका तर्फबाट प्रस्तुत गरिएको गाउन र विभिन्न फेशन डिजाईनरले तयार गरेको ढाकाको पहिरन सिक्वेन्स पनि फेशन शोको आकर्षण बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?