Comments Add Comment

पोखरीमा डुबेर रुपन्देहीमा चार बालिकाको मृत्यु

तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय रुपन्देही ।

७ जेठ, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ मा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।

नौखनिया पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन र १४ वर्षीय साहिया खातुन र अविदा खातुन रहेका छन् ।

मृतक बालिकाहरुलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment