Comments Add Comment

नीति कार्यक्रममा वीपी बाईबाई, मदन हाईहाई !


७ जेठ, काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा मदन भण्डारीका नाममा दुई ठूलो कार्यक्रम अघि सारेको छ ।

राष्ट्रपति विद्या भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भण्डारीको नाममा झापादेखि डडेलधुरालाई जोड्ने राजमार्ग नै निर्माण गर्ने उल्लेख छ । यसबारे आइतबार राति मात्र मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

करिव १२०० सय किलोमिटर लामो यो राजमार्गले चुरे तथा भित्री तराईको उपत्यकालाई जोड्छ ।

यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यो विज्ञान र प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन अध्यापन र अनुसन्धान गर्ने विशिष्ट प्रतिष्ठानका रुपमा हुनेछ ।

भण्डारी जनताको बहुदलीय जनवादका प्रवर्तक एवं एमालेका तत्कालीन महासचिव हुन् । दासढुंगा दुर्घटनामा उनको निधन भएको दिन ३ जेठमै एमाले र माओवादी केन्द्रले मिलेर नेपाल कम्युनिष्ट पार्टी पुनर्गठनको घोषणा गरेका थिए ।

तर, नीति तथा कार्यक्रममा बीपी कोइराला नामका कुनै कार्यक्रम छैन । विगतका सरकारले निरन्तरता दिएको गरिबसँग विश्वेश्वर लगायतका कुनै पनि कार्यक्रमलाई निरन्तरता दिने संकेत सरकारले देखाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment