Comments Add Comment

सिक्दैमा सकियो सिन्धुपाल्चोकका जनप्रतिनिधिको एक वर्ष

यी हुन् १२ स्थानीय तहका पाँच महत्वपूर्ण काम

८ जेठ, सिन्धुपाल्चोक । स्थानीय तहमा जनप्रतिनिधि आएर काम सुरु गरेको एक वर्ष पूरा भएको छ ।०७४ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि लामो समयदेखि कर्मचारीहरुले सञ्चालन गर्दै आएको स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्थानीयमा केही उत्साह थपिएको छ ।

सिंहदरबारमा भएको अधिकार गाउँगाउँमा पुगेको दाबी गरिएपनि सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहबाट जनताको भावना अनुसार काम भने हुन सकेको छैन ।

स्थानीय तहमा जुन उत्साहाका साथ जनप्रतिनिधि बहाल भएका थिए,त्यो अनुसार काम गर्न नसकेको स्वयम जनप्रतिनिधिहरुले समेत स्वीकारेका छन् ।

कार्यालय अभाव, प्रर्याप्त कर्मचारी नहुनु लगायतका कारण जुन स्पिीरटमा काम गर्नुपर्नु हो त्यसो हुन नसकेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

एक वर्षको अवधिमा कार्यालय व्यवस्थापन,कर्मचारीको खोजी र धेरै त सिक्दैमा एक वर्ष पूरा भएको जनप्रतिनिधिहरुले बताएका छन् । पाँच वर्षको कार्यकाल लिएर जनप्रतिनिधिहरु स्थानीय तहमा बहाली भएका थिए ।

सबै स्थानीय तहका प्रमुखहरुले आफ्नो गाउँपालिका र नगरपालिकाले नमूना बनाउने उद्घोष त गरेका छन् तर कार्य हेर्दा एक वर्षमा खासै उल्लेखनीय केही हुन सकेको छैन । यो पटक जिल्लाका १२ स्थानीय तहले एक वर्षको अवधिमा गरेका पाँच महत्वपूर्ण कामहरु के-के हुन भनेर जनप्रतिनिधिहरुलाई सोधेका थियौ । सिन्धुपाल्चोकका १२ स्थानीय तहले एक वर्षमा गरेका पाँच महत्वपूर्ण कामहरु यस्ता छन् ।

बाह्रविसे नगरपालिका

१. कार्यालय थिएन, पहिलो काम कार्यालय व्यवस्थापन गरियो, जनप्रतिनिधि र कर्मचारीहरुको लागि सकेसम्म राम्रै कार्यालय व्यवस्थापन गरेका छौ ।

२. नगर कृषि विकास समिति गठन गरेका छौ,नगरपालिका भित्र रहेका जग्गा जमिनहरु ब्ाजो नराख्ने नीति ल्याएका छौं । नगरभित्र सकेसम्म बाहिरको तरकारी लगायत अन्य उपभोग्य सामग्री नल्याउने योजना बनाएका छौ ।

३.भूकम्प पीडितहरुलाई विशेष सम्बोधन गरेका छौ । पुनर्निर्माणलाई तीव्रता दिएका छौं । अनुदान छुट भएका लाभग्राहीहरुलाई जनप्रतिनिधिहरु नै लागेर अनुदान उपलब्ध गराउन लागिरहेका छौ । पुनर्निर्माणलाई सजिलो बनाउनका लागि बस्ती बस्तीमा सडकहरु पुर्‍याएको छ । नक्सा पास सुरुआत गरिएको छ ।

४.बाह्रविसे बजारलाई व्यवस्थित बनाउन सुरु गरिएको छ, फोहरमैला संकलन, व्यवस्थित पार्किङ,बजारको चोक-चोकमा डक्टबिन राख्ने,नाली सफा गर्ने कामहरु भएका छन् ।

५. शिक्षामा महत्वपूर्ण काम गरेका छौं । स्थानीय शिक्षा ऐन ल्याउने तयारी भएको छ । विद्यार्थी संख्या बढी भएका विद्यालयहरुमा शिक्षक थप्ने र कम संख्या भएका विद्यालयहरुलाई मर्ज गर्ने अभियान सुरु भएको छ ।

मेलम्ची नगरपालिका

१. ग्रिन सिटी पार्क निर्माणको सुरुवात,डेढ करोढ खर्च भइसक्यो ।

२. नगरपालिकाको आफ्नै कार्यालय भवन निर्माण

३. सडक चौडाइ र स्तोरन्नती कार्य सुरु

४.सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्न सुरु । खानेपानीको वृहत आयोजनाहरु सञ्चालन

५. शिक्षा क्षेत्रमा व्यापक सुधारको सुरुवात,’टप टेन शिक्षक’ कार्यक्रम सुरु । नगरपालिका भित्रका ७० विद्यालयमा यो अभियान सुरु ।

चाैतारा साँगाचोकगढी नगरपालिका

१. ७० प्रतिशत काठको पोल बिस्थापित

२. नगरपालिका र वडाहरुमा प्रविधिको जडान,सबै वडाहरुमा वेधसाइट मार्फत काम सुरु ।

३. साँगाचोकमा लिफ्ट खानेपानी सम्पन्न,३ सय घरधुरीलाई खानेपानी दिने उदेश्यका साथ ३० मिटर डाँडा कटान गरेर ३ किलोमिटर लामो खानेपानी आयोजना सम्पन्न ।

४. चौतारा बजारको सडक कालोपत्रे सुरु,ठुलोसिरुवारी लगायत अन्य केही सडकहरु कालोपत्रे सुरुआत ।

५. १७ विद्यालय ‘डाउन साइज’,सात विद्यालय मर्ज र दरबन्दी अपुग विद्यालयमा दरबन्दी मिलन सुरु,नपुग विद्यालयमा नगरपालिकाको स्रोतबाट दरबन्दी उपलब्ध गराइने ।

भोटेकोशी गाउँपालिका

१.भूकम्पपछिको पुननिर्माणका तिव्रता,६५ प्रतिशत घरहरु निर्माण सम्पन्न ।

२. लिस्तीमा नयाँ सडक निर्माण,र सडक नपुगेका स्थानहरुमा सडक पुर्‍याउने अभियानको सुरुआत ।

३.भैरबकुण्डलाई पर्यटकीय स्थल निर्माणको लागि यसको डिपीआर तयार ।तातोपानी धारा लगायतका संरचनाहरु पुनर्निर्माण सुरु ।

४.भोटेकोशी बाढी,भुकम्प लगायतले क्षती पुगेका जलविद्युत लगायत अन्य आयोजनाहरु मर्मत सुरु ।

५.गाउँपालिका भित्रका विद्यालयहरु अपग्रेड गर्न सुरु,शिक्षा ऐन तथा नियामवली निर्माण हुदै ।

त्रिपुरासुन्दरी गाउँपालिका

१.गाउँपालिकाका लागि आवश्यक विभिन्न ऐन नियम तथा कानुहरु निर्माण र कार्यान्वयन सुरु ।

२.सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ । तौथलीदेखि पिस्करसम्म जाने सडक स्तोरन्नती,घोर्थलीदेखि चोकटीसम्म सडक निर्माण,सुनकोशीदेखि पिस्करसम्म जाने सडक मर्मत गरेर १२ महिना नै सवारी साधन सञ्चालन गर्न सक्ने बनाएका छौ । अन्य सडकहरु पनि स्तोरन्नती हुँदै छ ।

३. प्राचिन तौथली सडकमा सौय बत्ती जडान भएको छ । तौथलीकोतकलबु भन्ने स्थानमा पर्यटकीय स्पट निर्माण गरिएको छ ।

४. गाउँपालिकाको लागि अस्थार्यी कार्यालय मर्मत गरी सञ्चालनमा र कार्यालयका लागि आवश्यक जग्ग्ाा व्यवस्थापन सकिएको छ ।

५. बृद्धाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । शिक्षा क्षेत्रमा कामहरु सुरु गरिएको छ । पिस्करमा रहेको मंगलामाई माविको लागि जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको छ ।

लिसंखुपाखर गाउँपालिका

१ गाउँपालिकाको केन्द्र र कार्यालयका लागि आवश्यक जग्गाको सम्पूर्ण प्रक्रिया टुङ्गोमा,अब संरचना निर्माणको सुरुआत । १५ जनाले निःशुल्क जग्गा दान गरेका छन् ,अब गाउँपालिकाको लागि ७० रोपनी जग्गाको व्यवस्थापन भएको छ ।

२. पुनर्निर्माणमा सहयोग पुर्‍याउनका लागि गाउँपालिका भित्रका सबै बस्तीहरुसम्म यातयातका साधन पुग्ने गरी सडक खन्ने काम सम्पन्न, अब त्यो सडकलाई क्रमश स्तोरन्नती गर्दै लैजाने ।

३. शैक्षिक क्षेत्र सुधारका लागि अभियान सुरु । गाउँपालिका भित्रका सबै विद्यालयहरुमा कक्षा ५ सम्म अग्रेजी माध्यममा पढाउन सुरु । शैक्षिक ऐन,नियामवली सबै पारित अब साउनदेखि नयाँ शिक्षा ऐन अुनसार विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु हुने । विद्यालयहरुलाई पाठ्पुस्तक वितरण ।

४. प्रशासनीक चुस्तताको लागि कार्यालयहरुमा विद्युतीय हाजीरी मेशीनको व्यवस्था गरिएको छ । बर्थिङ सेन्टरहरुमा घुम्ती कोषको व्यवस्था गरिएको छ । यो कोषबाट सुत्केरी हुन अवस्थामा आर्थिक अभाव भएका परिवारलाइए एक महिनाको लागि ५० हजार निब्याजी ऋण तुरुन्तै उपलब्ध गराउन सुरुआत । यो व्यवस्थाबाट गाउँपालिकामा १५ जना भन्दा बढीले फाइदा लिएका छन् ।

५.कृषकहरुलाई उत्प्रेरणका लागि ३ मल्लसम्म भैंसी वा गाइपालन गर्ने किसानहरुलाई ५० हजारसम्म अनुदानको व्यवस्था सुरुवात गरिएको छ । प्रत्येक वडामा विऊको १ बोकाको लागि १५ हजार ,स्थानीय कुखुरापालन गर्नेहरुलाई ५० हजार अनुदान दिन सुरुवात,खोर व्यवस्थापनका लागि ५० हजार,थोपा सिञ्चाइ र पकेट क्षेत्रका किसानहरुुलाई अनुदान दिने व्यवस्था । किसानहरुलाई एकिकृत उत्पादनमा जोड दिनका लागि २ सय केजी केराउ,१ सय बोट कागतीको एकिकृत उत्पादनका लागि पकेट क्षेत्र हेरेर अनुदान दिने व्यवस्थाको सुरुवात । कृषकहरुलाई अनुदानमा मिनी ट्रेलर वितरण ।

सुनकोशी गाउँपालिका

१. भूकम्पपछिको पुननिर्माण कार्यलाई सहजीकरण गाउँपालिका भित्र ९५ प्रतिशत पुननिर्माण सम्पन्न ।

२. गाउँपालिकाको केन्द्र टुङ्गोमा पुर्‍याइएको ।

३. शिक्षा लगायत अन्य विभिन्न विषयका ऐन नियम पारित ।

४. विभिन्न विकास निर्माणका कामको ९५ प्रतिशत सम्पन्न ।

५.गाउँपालिका स्तरीय रंगशाल निर्माणको सुरुवात,सुनखानीमा निर्माण हुने ।

बलेफी गाउँपालिका

१. जलविरेमा प्राविधिक तर्फको शिभील ओभरसियरको कक्षा सञ्चालन भएको छ । गाउँपालिका भित्रका स्थानीयलाई लोकसेवामा प्रतिष्पर्धा गर्न सजिलो होस भनेर लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ ।

२. गाउँपालिका भित्र नक्सापास गरेर मात्रै संरचना निर्माणको सुरुवात भएको छ ।

३. सडक क्षेत्रको अधिकार तोकीएको छ । मुख्य सडक बाहेक ग्रामीण सडकको दायाँ बायाँ सीमा निर्धारण गरिएको छ । कच्ची सडकहरु स्तोरन्नती सुरु भएको छ । खडिचौरदेखि चिम्लीङसम्मको सडक स्तोरन्नती गरेर यात्रुवास सञ्चालन सुरु गरिएको छ ।

४. चालु आवको ९५ प्रतिशत योजना सम्झौता भएको छ भने ६० प्रतिशत योजना सम्पन्न भएका छन् ।

५. गाउँपालिका भित्र राजश्वको सम्भाव्यत्ता अध्ययन सुरु गरिएको छ ।एकिकृत सम्पत्ती कर लगायतका कार्यविधिहरु प्ाास भएका छन् ।

जुगल गाउँपालिका

१. जुगल गाउँपालिकाले सुरुमा पद्धती निर्माणको काम गरेको छ,आवश्यक १८ वटा विभिन्न कानुनहरु निर्माण गी कार्यन्वयन समेत सुरुवात गरेको छ ।

२. शैक्षिक सम्मेलन,शिक्षा सम्बन्धी कानुन,शैक्षिक शुल्क निर्धारण,नमुना विद्यालय निर्माणको सुरुवात,सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहन दिदै शिक्षामा प्राथामीकता दिएर काम अघि बढाइएको छ ।

३. विद्युतिकरणमा पनि उल्लेख काम।काठको पोल विस्थापित गरेर स्टीलको पोल राख्न सुरु । गाउँपालिका,वडा र मावि विद्यालयहरुमा दैनिक काम गर्न सजिलोहोस भनेर १२ सय वाटको सोलार जडान,पाङताङ,गुम्बा र गोल्चेका विद्युत नपुगेका स्थानमा सोलार टुकी वितरण र विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्दै ।

४. सडक नपुगेका क्षेत्रमा व्यापक सडक बिस्तार तथा स्तोरन्नती,सडक ट्रयाक नपुगेका तेम्बाथान लगायतका क्षेत्रमा सडक ट्रयाक निर्माण हुदै ।

५. व्यावसायीक प्रोत्साहन कृषि,पशु व्यावसायमा प्रोत्साहन अनुदान वितरण सुरु गरिएको छ । सहकारीको माध्यमबाट स्थानीय पुँजीको परिचालन गर्न सुरु गरिएको छ । एम्बुलेन्स सुरु गरेका छौ,टेलीफोनका टावरहरु जडान भएका छन् ।

इन्द्रावती गाउँपालिका

१. इन्द्रावती गाउँपालिका -१ का भूकम्पबाट विस्थापित भएका ५९ घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । साथै वडा नम्बर ४ नवलपुरमा एकिकृत बस्तीको सुरुवात गरिएको छ । वडा नम्बर ५ का ४० घरधुरीमा एकीकृत बस्ती निर्माण गरी बस्ती समेत बसीसकेको छ ।

२. गाउँपालिका भर विद्युत पुगेको छ । ८० प्रतिशत काठको पोल रहेका गाउँपालिकामा लगभग काठमो पोल बिस्थापित गराएर,स्टीलको पोल राखिएको छ ।

३. वृहत इन्द्रावती खानेपानीको बिस्तृत  योजना तयार भएको छ ।

४. भिलेज प्रोफाइल तयार भएको छ र एकिकृत मास्टर प्लान तयार भएको छ । शिक्षा ऐन र नियामवली तयार भएको छ ।

५. सबै वडाहरुमा सडक सञ्जालबाट जोडिएको छ । २९२ किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिका यातयात मास्टर प्लान तयार भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका

१) गाउँपालिकाको कार्यालयका लागि ४० रोपनी जग्गाको व्यवस्थापन गरिएको ।

२) ०७२ को भुकम्पमा अत्याधिक अभिभावक गुमाएका आधरभूत तहदेखि उच्च शिक्षासम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण ।

३) पाँचपोखरी केबलुकार र प्राविधिक शिक्षालय स्थापनाको लागि सम्भाव्यता अध्ययन कार्यदल ।

४) काठको पोल विस्थापन

५) गाउँपालिका भित्रका कच्ची सडकहरुलाई ११ मिटर बनाउने कार्य सुरु र केही सडकहरु स्तरोन्नती हुँदै ।

हेलम्बु गाउँपालिका

१) मुख्य सडकहरुलाई चौढाई बनाउन सुरुवात र केही सडकहरुमा अभियान सुरु । सडकलाई डबल कटिङ गरेर वर्षपामासमेत यातयात सञ्चालन गर्न सक्ने गरी निर्माण सुरुअात ।

२) शिक्षा नियामवली निर्माण,विद्यालयमा कार्यरत अस्थाई शिक्षकहरुको समेत अस्थाई सञ्चयकोषको व्यवस्था,शिक्षकहरुका लागि कल्याणकरी कोष मार्फत सहयोगको कामको सुरुअात ।

३) एकीकृत दलित उद्योग स्थापनाको सुरुवात । गाउँपालिकाभरका दलीतहरुका लागि उनीहरुको सीप र क्षमता अनुसारको पायक पर्ने स्थानमा यस्ता उद्योगहरु सञ्चालन गरिने ।

४) हेलम्बु क्षेत्र पर्यटकीय स्थल भएकाले भूकम्पपछि स्थानीय शैलिको घरहरु भत्केकाले हृयोल्मो सस्कृति अनुसारको घरहरु निर्माणको सुरुअात, एकीकृत बस्तीका लागि गाउँपालिकाबाट सहयोग । हेलम्बुदेखि रसुवाको स्याफुबेसीसम्म सुरुङ मार्गको सम्भाव्यत्ता अध्ययनका लागि टेण्डर आहृवान ।

५) असार लागेपछि मात्रै हुने विकास निर्माणका कार्य लाई रोकियो । जेठदेखि योजना सम्झौता नगर्ने,चालु आवको ८० प्रतिशत योजना सम्पन्न र २० प्रतिशत योजनाको सम्झौता भएर काम सुरुअात ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment