Comments Add Comment

आईपीएल नेपाललाई चिनाउने अवसरः सन्दीप

८ जेठ काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले आईपीएल आˆनो अविस्मरणीय यात्रा भएको बताएका छन् ।

आईपीएल खेलेर मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले स्वागत गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ’ उनले भने, ‘रमाइलो पनि भयो । धेरै कुरा सिक्न पाएँ । अझै धेरै कुरा सिक्न बाँकी नै छ ।’

उनले अर्को वर्ष आफूसँगै अन्य नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए ।

सन्दीपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका हुन् । सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्ले आफमा नपुग्ने भएपछि मौका पाएका थिए । तर, तीन वटै खेलमा राम्रो प्रदर्शन गरे ।

दिल्लीको टोलीमा राम्रा खेलाडीहरु रहेको र सुरुमै अवसर नपाए पनि पाएको अवसरमा राम्रो खेल्ने प्रयास गरेको सन्दीपले बताए ।

यसले आगामी दिनका लागि कति अवसर दियो भन्ने प्रश्नमा उनले त्यो आफूमा मात्र निर्भर नहुने बताए । ‘आगामी अवसर ममा मात्रै निर्भर हुँदैन । क्रिकेट संघको सुधार भएर घरेलु क्रिकेट धेरै भन्दा धेरै हुनु आवश्यक छ । मलाई लाग्छ नेपाली क्रिकेट धेरै माथी जाने छ । आउने वर्षमा पनि राम्रो खेलाडीहरु अझै आउने छन् । मभन्दा सिनियर दाइहरु पनि मभन्दा धेरै राम्रो हुनुहुन्छ’ उनले भने ।

एबीडी भिलियर्स र विराट कोहली जस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा प्रेसर महशुस भयो ? भन्ने प्रश्नमा उनले आफूले पनि उत्कृष्ट रहेको सोचेको खेलेको बताए । ‘उनीहरुसँग खेल्दा त्यस्तो प्रेसर त सोचिन । प्रेसर फिल गरेको भए मेरो प्रदर्शन त्यत्तिको हुने थिएन होला । आफूलाई पनि उत्कृष्ट नै सोचेर बलिङ गरेँ’ उनले भने ।

बिग बास खेल्ने भन्ने कुरा अहिले चलेको हल्ला मात्रै भएको र त्यसमा अवसर पाए आˆनो तर्फबाट राम्रो गर्ने उनले बताए ।

आईपीएल खेलिरहँदा वेस्ट इन्डिजविरुद्ध लर्डसमा हुने ट्वान्टी २० क्रिकेटका लागि वल्र्ड ११ मा पर्दा खुशी लागेको उनले बताए । त्यसले आफूलाई थप हौसला दिएको उनको विश्वास छ ।

उनले जहाँ जहाँ अवसर पाइन्छ त्यहाँ त्यहाँ नेपाललाई गर्व महसुश हुने काम गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment