+

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा

२०८१ पुष  २६ गते २२:०८ २०८१ पुष २६ गते २२:०८
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा

२६ पुस, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को खेलाडी ड्राफ्टअन्तर्गत डायमन्ड क्याटेगोरीमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने समावेश भएका छन् ।

पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश भएका हुन् ।

यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका थिए । सोमबार सार्वजनिक भएको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए ।

आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पीएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।

यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए । यद्यपी अघिल्लो संस्करणबाट नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय