Comments Add Comment

राष्ट्रपतिले सभामुख र अध्यक्षलाई अनादर गरेको भन्दै कांग्रेसको संशोधन दर्ता

८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई अनादर गरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संसद संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा कांग्रेसले आपत्ति जनाएको हो ।

राष्टपतिले सम्बोधनक्रममा क्रममा सभामुख र अध्यक्षलाई सम्माननीय ज्यू नभनेको कांग्रेसको आरोप छ । राष्टपतिले लिखित वक्तव्य पढ्ने क्रममा नीति तथा कार्यक्रम पुस्तिकामा सम्माननीय सभामुखज्यू लेखिए पनि सो शब्द पढेकी थिइनन् ।

कांग्रेस संसदीय दलको बैठकको निर्णय अनुसारनै संशोधन दर्ता गरिएको कांग्रेसले जनाएको छ । सम्मानित पदको अपमान गरिएको भन्दै मिनेन्द्र रिजाल सहित १७ सांसद संशोधन दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment