Comments Add Comment

बुटवलमा प्रदेशस्तरीय भजन प्रतियोगिता हुने


९ जेठ,बुटवल । रुपन्देहीमा पहिलोपटक लोपोन्मुख भजनहरूको संरक्षणका लागि प्रदेश स्तरीय भजन प्रतियोगिता हुने भएको छ ।

लोपोन्मुख भजन संस्कृति पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ बुटवलमा खेली भजन चुड्का प्रतियोगिता गर्न लागिएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले जनाएको छ ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले यही जेठ १२ र १३ गते बुटवलमा प्रतियोगिता गर्ने जनाएको हो ।

प्रतियोगितामा बढीमा २० टिमको सहभागिता रहने कार्यक्रम संयोजक नारायण भुसालले बताए । बुटवल नयागाउस्थित मुक्तिनाथ धाममा सो प्रतियोगिता हुनेछ ।

‘लोक संगीतलाई बचाऔं, लोक भजन चुड्कामा भक्तजनलाइ नचाऔं’ भन्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उनले बताए ।

प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद खनाले ‘लेकालीले प्रतियोगितामा १२ वटै जिल्लाका फरक–फरक लय, भाका, लोकबाजा, लोक भेषभुषाको प्रदर्शनी समेत हुने बताए ।

८ लाख खर्च लाग्ने प्रतियोगितामा प्रथम हुनेले ३३ हजार ३ सय ३३, द्वितीयले २२ हजार २ सय २२ र तृतीयले ११ हजार १ सय ११ रूपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment