+
+

नेपाल इन्भेष्टमेन्ट बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच कर्जा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ९ गते २०:०५


९ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)बीच कर्जा सम्झौता भएको छ ।

जेष्ठ ९गते भएको सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवाशीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरे ।

यो सम्झौतापछि नेपाल इन्भेष्टमेन्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । अन्तर्राष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ ।

सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा उपलव्ध गराउने छ ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र आईएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ ।

व्यापार तथा वित्तक्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न प्रयोग गरिनेे छ ।

शाखा संख्या ७० वटा पुगेको नेपाल इन्भेष्टमेन्ट बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?