११ जेठ, कैलाली । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपली कांग्रेसका सांसदहरुसंग आर्थिक वर्ष २०७५/०७६ को बजेटका बारेमा छलफल गरेका छन् ।
छलफलमा मन्त्री बोहराले आगामी बर्षको बजेटको उद्देश्य, प्राथमिकता नीति कार्यक्रममा समावेश गर्नुपर्ने विषयवस्तुका बारेमा कांग्रेस सांसदसँग सुझाव मागेका थिए ।
प्रदेश सरकारले आसार १ गते ल्याउने बजेटमा गरिबी निवारण, शिक्षामा सबैको पहुँच, पर्यटन विकास, भौतिक पूर्वाधार विकासलाई जोड दिइने मन्त्री बोहराले बताए ।
बजेटमा दलित, महिला, युवा, किसान, अपाङ्ग, वादी समुदाय, राउटे, कमैया र चिडिमार समुदायको उत्थान र समृद्धिका लागि विशेष कार्यक्रम ल्याउन अर्थ मन्त्रालयले तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
प्रदेश ७ आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा १९ अर्ब को हाराहारीमा ल्याउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4