+
+
Shares

काठमाडौं प्रहरीको उत्कृष्ट अवार्ड डिएसपी प्रदीप र अनुपमलाई, अरू कसले कुन अवार्ड पाए ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ११ गते १६:५९

११ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसरले हरेक महिना ६ जनालाई प्रदान गर्ने ‘काठमाडौं प्रहरी अवार्ड’ वितरण गरिएको छ । शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने ६ जना प्रहरी अधिकारीलाई पुरस्कार दिइएको हो ।

पुरस्कार पाउनेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ प्रदीपबहादुर क्षेत्री र अनुपम श्रेष्ठ, प्रहरी निरीक्षकतर्फ शर्मिला गुरुङ र पुष्कर बोगटी, प्रहरी नायब निरीक्षकतर्फ टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षकतर्फ शिव कट्टेल, प्रहरी हवल्दारतर्फ विक्रम लामा र प्रहरी जवानतर्फ अर्जुन सेठ्ठी छन् ।

परिसर मातहतका कार्यालयहरु मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरी अधिकारी मध्ये प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने यसअघि घोषणा गरिएको थियो ।

सोही अनुसार उनीहरुलाई प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।

पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको थियो । यो नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा बढी पुरस्कार राशि भएको परिसरको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?