Comments Add Comment

झारपात जम्मा भएर कम्युनिस्ट बन्न सक्दैनन्ः चित्रबहादुर केसी

११ जेठ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माअोवादी एकतापछि बनेको नेकपालार्इ  झारपात जम्मा भएको टिप्पणी गरेका छन् । झारपातहरू जम्मा भएर कोहीपनि  कम्युनिस्ट बन्न नसक्ने अध्यक्ष केसीले व्यङ्ग्य समेत गरे ।

अध्यक्ष केसीले आधारभूत सिद्धान्त छोडेका सबै प्रकारका पार्टीबीचको एकतालाई कम्युनिस्ट एकता भन्न नसकिने  तर्क गर्दै एमाले-माअोवादी एकतालार्इ पूँजीवादी एकताको संज्ञा दिए ।

रुपन्देहीको पाँचौ जिल्ला सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले एमाले र माओवादीको एकतालाई धेरैले खिसिट्युरी गरेपनि राष्ट्रिय जनमोर्चाले स्वागत गरेको व्यङ्ग्य गरे । विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको बिरोध गर्नुको अर्थ नभएको बताए ।

दुई पार्टीको एकता पूँजीबादी प्रणालीको एकता भएकाले यो कम्युनिस्टको पक्षमा नभएको उनको भनाइ छ ।

अध्यक्ष केसीले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाइ भए पुग्ने तर्क समेत गरेका छन् ।

संघीयताको आडमा तराईबाट हिमाल र पहाडलाई अलग गराउने षडयन्त्र भैरहेका भन्दै उनले यसबाट सचेत हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment