+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुनिल घमण्डी कि बोल्न नजानेका ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १३ गते १७:३५


हरेक कलाकार जब पहिलो पटक मिडियाको फेस गर्छन्, त्यतीबेला उनीहरुले बोल्ने शैली, लगाएको पहिरन आदिले धेरै कुराको अर्थ राख्छ ।
थुप्रै म्यूजिक भिडियोमा काम गरेका सुनिल क्षेत्री पहिलो पटक चलचित्रमा देखिदैछन् । उनै, सुनिल पहिलो पटक मिडियाको सामु उपस्थित थिए । उनले नै अभिनय तथा कोरियोग्राफी गरेको चलचित्र ‘चिमुसीची’को पत्रकार सम्मेलनमा उपस्थित सुनिलको शैलीले पत्रकारहरुलाई खिन्न बनायो ।

गीतको कोरियोग्राफी समेत गरेका सुनिललाई एक पत्रकारले प्रश्न सोधे-‘यो गीतको भिडियो थाइल्याण्डमा खिचेपनि त्यस्तो देखिदैन । केही कठिनाई थियो कि के भएर हो ?’

गीतको भिडियो हेर्दा पनि थाइल्याण्डमा किन खिचियो भनेर प्रश्न उठाउन सकिन्छ । तर, सुनिलले सोझो उतर दिएनन् । उनले, तपाइले निकै राम्रो प्रश्न सोध्नुभयो भन्दै जवाफ दिए । उनले, जवाफ पनि तपाई आफैले दिनुभयो, प्रश्न पनि तपाइकै रैछ’ भन्दै जवाफ दिए । उनले, यो गीतको भिडियो सुरुमा मनाङ-मुस्ताङमा खिच्ने कुरा थियो तर पछि थाइल्याण्डमा खिचिएको बताए । किन खिचियो त भन्ने प्रश्नमा उनले भने-‘हाम्रो निर्देशकले भने जस्तै आँखालाई शित्तल बनाउन, राम्रो देखाउन खिचियो, बस् त्यती हो ।’

उनले, आफू डेब्यू कलाकार भएपनि विदेशमा गएर काम गर्न पाएको भन्दै त्यो नै आफ्नो लागि ठूलो कुरा भएको बताए । उनले, आफूलाई बोल्ने आइडिया खासै नभएको बताए ।

तपाइले थाइल्याण्डमा गएर के देखाउने टार्गेट गर्नुभएको हो भन्ने प्रश्नमा उनले जवाफ दिए-‘यो त मेरो डेब्यू मुभी हो । यसमा जे जत्ती गल्ती गरेको छु, त्यही सुधार्ने टार्गेट हो ।’

पत्रकार सम्मेलनमा नायक राजेश हमाललाई ‘शकुन्तला’मा फरक भूमिकामा खेलाएपनि चलचित्र डुबेको भन्दै पत्रकारले निर्देशक दिनेश श्रेष्ठलाई प्रश्न सोधेका थिए । सुनिलले सो प्रश्नको समेत प्रशंग उठाउँदै भने- ‘शकुन्तला’मा खेल्ने भनेको राजेश हमाल हो । उहाँ त यसैपनि सुपरस्टार हुनुहुन्छ । प्रश्न धेरै राम्रो छ तपाइको ।’ सुनिलले प्रश्न राम्रो छ तपाइको भन्दै धेरै पटक जवाफ दिए तर गीतको कोरियोग्राफीको बारेमा केही भन्नै सकेनन् ।

उनले, आफै कोरियोग्राफी गरेको चलचित्र ‘चिमुसीची’को भिडियो निकै कमजोर छ । सुनिलको यो जवाफपछि पत्रकारमाझ कुरा चल्यो, सुनिल बोल्न नजानेका कि घमण्डी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?