Comments Add Comment

तेलमा ठगी गरेको पुष्टि भएपछि ललितपुरका दुई पेट्रोल पम्पमा शिलबन्दी

१४ जेठ, काठमाडौं । सरकारले ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरको एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा टे्रडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्री गरेको फेला परेपछि दुवै पम्पलाई शिलबन्दी गरिएको मन्त्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।

नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणमा २५ प्रतिशतसम्म कमी भएमा कुनै कारवाही नहुने व्यवस्था गरेको छ । अनुगमनका क्रममा २५ प्रतिशतको सीमा नाघेपछि टोलीले पम्पमा शिलबन्दी गरेको हो ।

कम परिमाण बेचेर उपभोक्तालाई ठगी गर्ने पम्पलाई अत्यन्तै न्युन कारवाहीको व्यवस्था गरिएको छ । उपसचिव विष्टले उपभोक्ता ठग्ने पम्प सञ्चालकलाई ऐन नियमले दिएसम्म कडा कारवाही गर्ने बताए ।

मातहतका निकायको अनुगमन प्रभावकारी नभएको गुनासो आएपछि उद्योगमन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालयका अधिकारीको संयोजनमा नापतौल तथा गुणस्तर विभाग र आयल निगमका प्राविधिक सहितको अनुगमन टोलीले सोमबार ५ वटा पम्पको अनुगमन गरेको हो ।

टोलीले एकान्तकुनाको गायत्री आयल सेन्टरलाई नोजल सुई ठीक नहुन्जेल तेल नबेच्न निर्देशन दिएको छ । त्यसैगरी शिवशक्ति आयल सेन्टर ताल्छिखेलमा दुईवटामध्ये एउटा मेसिन बिगि्रएको फेला परेपछि तत्काल मर्मत गर्न तथा बिगि्रएको मेसिनबाट तेल नबेच्न निर्देशन दिएको छ ।

त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्पको प्राविधिक पक्ष सुरक्षाको दृष्टिले अत्यन्तै जोखिमपूर्ण देखिएकाले तत्काल सुधार र पूर्वाधार निर्माण गर्न भनिएको छ । मन्त्रालयले मंगलबार पनि अनुगमन हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment