+
+

गायक शिव परियार अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते १२:०४

काठमाडौं । मोटरसाइकल दुघर्टनामा परेर घाइते भएका चर्चित गायक शिव परियार उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सामाखुशीमा दुर्घटनामा परेलगत्तै उनलाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएको थियो । उनको उपचार वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेको टिमले गरेको हो ।

शिबको गोडामा चोट लागेको थियो । उनको गोडामा जमेको रगत सानो प्रोसेस गरेर निकालिसकेको छ । अब पूर्णरुपमा निको हुन तीन हप्ताजति समय लाग्ने छ ।

राजधानीको बसुन्धारामा आइतबार बिहान शिवले चलाएको बा ८० प ९९९८ नम्बरमने मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको अर्को मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?