Comments Add Comment

१० वर्षपछि सञ्जय दत्तसँग स्क्रिन सेयर गर्दै मनिषा कोइराला

मनिषा कोइराला कुनै बेला बलिउडकी टप हिरोइन थिइन् । तर, पछिल्ला फिल्महरु लगातार असफल भएपछि उनको करिअर धराशयी भयो र उनी लामो समय बलिउडबाट पलायन भइन् ।

उनै मनिषा एकपटक बलिउडमा आफ्नो स्थान बनाउन प्रयासरत छिन् । यद्यपि, उनले गतिलो रोल पाइरहेकी छैनन् । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा उनको अभिनय रहेको छ । तर, आज सार्वजनिक भएको ट्रेलर हेर्दा फिल्ममा मनिषाको खासै लामो रोल नभएको अनुमान गर्न सकिन्छ । उनी सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा छिन् ।

यसैबीच मनिषालाई एउटा महत्वपूर्ण प्रोजेक्ट हात लागेको छ । उनै नायक सञ्जय दत्तले निर्माण गर्ने फिल्ममा उनी लिड हिरोइनका रुपमा फाइनल भएकी हुन् । यो फिल्म तेलुगु फिल्म ‘प्रस्थानम’ को हिन्दी रिमेक हुने बताइएको छ । प्रस्थानमले तेलुगु फिल्म उद्योगमा तहल्का मच्चाएको थियो ।

यो फिल्ममा मनिषा सञ्जय दत्तकी पत्नीको रुपमा देखिने छिन् । विगतमा पनि मनिषाले सञ्जयसित धेरैपटक स्क्रिन सेयर गरिसकेकी छिन् । त्यही बेलाको सम्वन्धका कारण सञ्जयले उनलाई आफ्नो फिल्ममा लिएका हुन् । यो फिल्मलाई देव कट्टाले निर्देशन गर्दैछन् । मनिषा फेरि एक पटक सञ्जय दत्तसँग काम गर्न पाउँदा निकै उत्साहित छिन् ।

फिल्ममा मनिषालाई लिनुको कारणबारे निर्देशक देव कट्टा भन्छन्, ‘प्रस्तानमका हरेक क्यारेक्टर आफैंमा मजबुत छन् र यसका लागि हामीलाई शशक्त अभिनय गर्ने कलाकारको खाँचो थियो । जब मनिषाको नाम सञ्जय दत्तले लिए, मलाई एकदम उचित लाग्यो । यो जोडी १० वर्षपछि एक साथ देखिने छ ।’

सञ्जय र मनिषाले विगतमा यलगार, कारतुस, मेहबुबा जस्ता फिल्महरुमा काम गरेका थिए । यो फिल्मको जूनमा सुटिङ सुरु हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment