Comments Add Comment

मानिसले जस्तो सोच्छ, जीवन पनि त्यस्तै हुन्छ

धनी हुनु भनेको सफल हुनु पनि हो । धनाड्यहरु त्यसै धनी भएका हुँदैनन् । धनी हुनका लागि उनीहरुले जीवन-संघर्षको कठिन यात्रा छिचोलेका हुन्छन् । श्रम, लगाव, निरन्तरको प्रयाससँगै सही समयमा, सही निर्णयले उनीहरुलाई समृद्धिको शिखरमा पुर्‍याउँछ ।

सामान्य व्यक्ति र धनीहरुको सोचाईबीच अन्तर हुन्छ । काम गराई फरक हुन्छ । कुनैपनि कुरालाई सोच्ने, गर्ने ढंग र शैलीमा एकरुपता हुँदैन । सामान्य मानिसले एउटा कुरालाई जसरी सोच्छन्, धनाड्यहरुले त्यसलाई फरक ढंगबाट सोचिरहेका हुन्छन् ।

आफ्नो फरक सोंच, अवधारणा, तत्परता, श्रम, लगाव, निरन्तर प्रयासबाट उनीहरुले धन आर्जन गरेका हुन्छन् । धनी बन्नका लागि सोंच पनि त्यही किसिमको राख्नुपर्छ भनिन्छ । धनाड्यहरु पैसाको विषयमा कुन किसिमको सकारात्मक सोचाई राख्छन् ? यो निकै महत्वपूर्ण कुरा हो ।

भनिन्छ, हाम्रो सोंच जस्तो हुन्छ, जीवन पनि त्यस्तै हुने हो ।

-आफुभन्दा उत्कृष्ट मानिसहरुसँग समय विताउनु राम्रो हुन्छ । यस्तो सहयोगी बनाउनुहोस्, जसको व्यवहार तपाईंको भन्दा राम्रो होस् ।

-म कहिल्यै समय बर्बाद गर्न चाहन्न । किनभने मैलें समय बर्बाद गर्नेहरु बर्बाद भएको देखेको छु । समय अमूल्य छ । एक किलो सुनले एक सेकेन्ड पनि खरिद गर्न सकिदैन ।

-म गरिब जन्मिएँ, त्यसमा मेरो कुनै दोष थिएन । तर, यदि म गरिब नै मरें भने, त्यो मेरो दोष हुनेछ ।

-म सधै वर्तमानमा बाँच्छु । किनभने अतित वितिसकेको छ । भविष्यको बारेमा कसैलाई थाहा छैन ।

-म आफ्नो कुनैपनि काम टार्न चाहन्न । जब मलाई कुनै काम मिल्छ, तुरुन्तै सम्पन गर्नका लाग तयार हुन्छु ।

-म कहिल्यै अल्छी गर्नेछैन । किनभने अल्छी नै मानिसको सबैभन्दा ठूलो शत्रू हो ।

-म कुनैपनि काम गर्नका लागि बाहना बनाएर पन्छिने छैन । हरेक काम जिम्मेवारीका साथ निर्वाह गर्नेछु ।

-म सधै आफ्नो असफलताबाट पाठ सिक्छु । प्रत्येक असफलताले एउटा सकारात्मक सन्देश दिएको हुन्छ ।

-मेहनतको कुनै विकल्प छैन । मेहनतबाट नै सर्वश्रेष्ठ हुन सकिन्छ ।

-मलाई विश्वास छ कि, मलाई मिलेको अवसरलाई महान सफलतामा परिवर्तन गर्न सकौं ।

-म सधै सकारात्मक सोच्छु । त्यसैले म सकारात्मक गर्छु । राम्रो सोच्नु र राम्रो गर्नु मलाई राम्रो लाग्छ ।

-मलाई सधै हेक्का हुन्थ्यो कि, म धनी बन्ने बाटोमा छु । मलाई लागेन कि एक मिनेटका लागि पनि यस कुरामा शंका गरिन ।

-म सोच्छु कि व्यापारको एक सरल नियम छ । यदि तपाई त्यही काम गर्नुहुन्छ, जुन पहिला सजिलो हुन्छ । तब वास्तमै प्रगति गर्न सक्नुहुनेछ ।

-सफलताको सूत्रः चाडै उठ, कडा मेहनत गर, सफलता प्राप्त हुन्छ ।

-धनाड्यहरु पैसाको खेल जित्नका लागि खेल्छन् । गरिबहरु पैसाको खेल हारबाट बच्नका लागि खेल्छन् ।

-आनन्द लिनुहोस् । खेल तब केही बढी घतलाग्दो हुन्छ, जब तपाई पैसा कमाउने भन्दा अगाडि बढेर काम गर्नुहुन्छ ।

-यदि मानिस आफ्नो लक्ष्यमा हाँसिरहेका छैनन् भने तपाईको लक्ष्य एकदमै छोटो छ ।

-सफलताको खुसी मनाउनु राम्रो हो । तर, त्यो भन्दा जरुरी हो आफ्नो असफलताबाट सिक्नु ।

-सबैभन्दा शक्तिशाली सम्पति हामी सबैसँग छ, त्यो हो हाम्रो दिमाग । यदि यसलाई सही ढंगले प्रशिक्षित गर्ने हो भने, यसले पलभरमै अपार पैसा पैदा गर्छ ।

-म जब यस्ता केही उद्यमीसँग भेट्छु, जो सबै बाधाका बाबजुत सफल भइरहेको छ र, मलाई प्रेरणा मिलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment