Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्री राउतले मस्जिद पुगेर पढे नवाज


१८ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार जनकपुरस्थित मस्जिद हन्फिया तुल गोसियामा नवाज पढेका छन् ।

इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व रमजानको अवसरमा मुख्यमन्त्री राउतले शुक्रबार दिउँसो मस्जिद पुगेर नवाज पढेका हुन् ।

मुख्यमन्त्री लालबाबु राउत मुस्लिम समुदायका हुन् । रमजानको १५ औं दिनमा उनले जुम्माको नावाज पढनुका साथसाथै उक्त मस्जिदमा पुगेका इस्लाम धर्मावलम्बीसँग खुशी साटासाट गरे ।

जनकपुरधाममा जानकी मन्दिरको पछाडिपट्टी मस्जिद हन्फिया तुल गोसिया रहेको छ । यसलाई मुस्लिम र हिन्दू दुवै धर्मालम्बीहरुले धार्मिक सहिष्णुता र आपसी सद्भावको रुपमा लिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री भएसंगै सबै धर्मावलम्बी र भाषाभाषीहरुको मन जित्ने व्यवहार देखाउँदै हिन्दू धर्मअनुसार साइत जुराएर मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्दै पदभार ग्रहण गरेका थिए ।

सो क्रममा उनले हिन्दु ब्राहृमणबाट साइत जुराएर मन्त्रोच्चारणका साथ पूजाअर्चनासमेत गरेका थिए । धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद पर्व मनाउँछन् । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment