Comments Add Comment

१५ महिनाको छोरालाई जबरजस्ति स्कुल पठाउँदै करिना

अचेलका बाबुआमालाई छोराछोरी दुई खुट्टा टेकेर हिँड्ने मात्र के भएका हुन्छन्, स्कुल भर्ना गर्न हतार हुन्छन् । बलिउड अभिनेत्री करिना कपुरले पनि यही शैली पछ्याएकी छन् । उनले १५ महिना मात्र पुगेको आफ्नो छोरा तैमुरलाई विद्यालय भर्ना गरिदिइन् ।

विचरा तैमुर अहिले बाबुआमाको काख छोड्न चाँहदैनन् । हालै एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनलाई रुवाँउदै जबरजस्ति विद्यालय लगिएको देखिन्छ । भारतका बालअधिकारवादीहरुको आँखा भने अहिलेसम्म यसका सायद परेको छैन ।

करिनाले छोरालाई भर्ना गरेको विद्यालय पनि औधि सस्तो खालको रहेछ । उनले ६ महिनाको २२ हजार रुपैयाँ फिस तिरेकी छिन् । एउटै फिल्मबाट करोडौं कमाई गर्ने खान्दानी जोडीले छोरालाई गतिलो स्कुल किने हालेनन् बुझिनसक्नु छ । यो स्कुलमा मध्यम वर्गका परिवारले आफ्ना छोराछोरी पठाउँदा रहेछन् ।

तैमुर अहिले पाट्टपुट्ट बोल्न मात्र थालेका छन् । स्कुलले उनलाई हप्तामा ५ दिन खेलाउने र एक दिन अक्षर चिनाउने जनाएको छ । उनको कक्षामा १४ महिनादेखि २२ महिनासम्मका बच्चाहरु छन् । तर, तैमुरभन्दा कान्छा एक जना मात्र छन् ।

स्कुल पठाउने बेलामा दिनदिनै तैमुरको रुवावासी हुने स्रोतले बताएको छ । तर, करिना र सैफ दुवैजना आफ्नो काममा व्यस्त हुने भएकाले छोरा दिनभरी स्कुलमै भुलियोस भन्ने चाहन्छन् । करिनाले छोरालाई पहिल्यै दुध छुटाइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment