Comments Add Comment

अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


२० जेठ, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ आज अर्थमन्त्री डा. युवराज खतिवडाले दिँदैछन् ।

गत जेठ १५ गते प्रस्तुत भएको १३ खर्ब १५ अर्बको बजेटमाथि जेठ १७ गतेदेखि शुरु भएको छलफलका क्रममा सांसदहरुले विभिन्न प्रश्न उठाएका छन् । खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले यसप्रति असन्तुष्टि जनाएका छन् । बजेटबारे आइतबार केही सांसदहरुले बोलेपछि अर्थमन्त्रीले यसबारे जवाफ दिने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार, सांसदहरुले बजेटबारे बोल्ने क्रम सकिएकाले उनीहरुले उठाएका प्रश्नबारे आजको बैठकमा अर्थमन्त्रीले जवाफ दिनेछन् ।

अर्थमन्त्रीले उठेका प्रश्नमाथि जवाफ दिएपछि मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment